मन्त्रिपरिषद्को बैठक शुरु, लकडाउनको मोडालिटीका विषयमा छलफल हुने


काठमाडौं ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । आजको मन्त्रिपरिषद् बैठक लकडाउन थप गर्ने बारे निर्णय हुने जनाइएको छ । स्रोतका अनुसार लकडाउन ७ देखि १० दिनसम्म थप्ने तयारी गरिएको जनाइएको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउनलाई जारी राख्ने निर्णय गरेको थियो ।गएको चैत्र ११ गतेबाट लकडाउन सुरु भएको थियो । आज लकडाउन भएको ४४ दिन पुगेको छ ।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पकटपकट गरेर वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।

अब त्यसपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ। आजको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीका विषयमा पनि निर्णय गर्ने जनाएको छ।