डिम्बाशयमा सात किलोको टिउमर, शिर मेमोरियलमा सफल शल्यक्रिया


मोतीराम तिमल्सिना, काभ्रे ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रही स्वास्थ्य क्षेत्र समेत प्रभावित भएको समयमा बनेपामा रहेको शिरमेमोरियल अस्पतातले टिउमर भएका दुई जना बिरामीको सफल शल्यक्रिया गरेको छ ।
अस्पतालहरुले कोरोना त्रासका कारण विरामीहरुको उपचार गर्न नमानिरहेको, अस्पताल आएका विरामीहरुको समेत उपचार नगरी अन्यत्र रिफर गरिरहेको गुनासो आईरहेका बेला बनेपामा रहेको शिरमोमोरियल अस्पतालले टिउमर भएका दुई विरामीको शल्यक्रिया गरेको हो ।

तेमाल गाउँपालिका वडा नम्वर १ निवासी ६७ बर्षिया सुकुमाया श्रेष्ठको पाठेघर नजिकै डिम्बासयमा रहेको सात किलोको टिउमर निकालिएको डा. विद्या श्रेष्ठले वताउनु भयो । डा बिद्याका अनुसार विरामीलाई लामो समयदेखी दुखाई भैइरहेको हुदाँ अस्पताल आए लगत्तै परिक्षण गरी टिउमर भएको पत्ता लागेको थियो ।

मगंलबार सुकुमायाको शल्यक्रिया मार्फत टियुमर निकाली टिउमर परिक्षणका लागी काठमाडौ पठाईएको डा. विद्याले वताउनु भयो । टियुमर विग्रीयो भने क्यान्सर र रगत नै सप्लाई हुन नसक्ने भएकाले समयमा नै उपचार गर्न सफल भएको उहाँले वतानु भयो ।

महिलाहरुले नियमित रुपमा पाठेघरको जाँच गरे उक्त समस्या नदेखिने उहाँले बताउनु भयो । उहाँले शल्यक्रिया गरिएका थुप्रै टिउमर भएका विरामीहरु मध्ये सुकुमायमा भएको टिउमर सबै भन्दा ठुलो हो ।

त्यस्तै सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्वर १ की ५० बर्षिया राधिका थापाको पाठेघरको डिम्बाशयमा रहेको २० सेन्टिीमिटरको टिउमर मेशिनद्धारा शल्यक्रिया गरिएको छ ।

डा. विद्याले उहाँको शल्यक्रिया गरी लकडाउनमा कोरोना संक्रमणको त्रासमा रहेका ब्यक्तिहरुसँगै उहाँहरुको जीवन बचाउन सहयोग पु¥याएको भन्दै विरामीका आफन्तहरुले धन्यवाद दिए ।

महामारीको समयमा अस्पतालले कोरोना सँगै अन्य विरामीलाई पनि सेवा दिईरहेको छ । कोरोना विरामिहरुका लागी अस्पतालमा ५ बेडको आईसुलेन बेड तयारी अबस्थामा राखिएको छ भने एम्बुलेन्सलाई कोरोनो मैत्री बनाईएको छ ।