लामो समय सीमा बन्द रहने


अकल्यान्ड, (एजेन्सी)

न्युजिल्यान्डका प्रधानमन्त्री जासिन्दा आर्डनले मंगलबार आफ्नो मुलुकले विश्वका अन्य मुलुकसँगको सिमाना लामो समयसम्म नखोल्ने बताएकी छन् ।

अस्ट्रेलियाको मन्त्रिमण्डलको बैठकमा भिडियो लिंकमार्फत भाग लिने क्रममा उनले सो कुरा बताएकी हुन् । सो बैठकमा अस्ट्रेलिया र न्युजिल्यान्डबीच बिनाक्वारेन्टाइन स्वतन्त्र रुपमा आवतजावत हुन सक्ने सभावनाबारे व्यापक छलफल भएको थियो ।

कोभिड–१९ महामारीलाई मध्यनजर राख्दै न्युजिल्यान्ड र अस्ट्रेलिया दुवैले अहिले झण्डै सम्पूर्ण विदेशीहरुका लागि आ–आफ्ना सीमा बन्द गरिरहेको अवस्था छ ।

न्युजिल्यान्डको पर्यटन क्षेत्रमा झन्डै दश प्रतिशत जनशक्तिले प्रत्यक्ष रोजगार पाइरहेका छन् । पर्यटन व्यवसायले कुल ग्रार्हस्थ उत्पादनमा छ प्रतिशत योगदान दिँदै आएको छ ।