प्रदेश १ मा मंगलबारसम्म ८ हजार ३५ जनामा नमूना परीक्षण

0
Shares

न्युज अफ नेपाल,विराटनगर ।

प्रदेश १ मा द्रूत परीक्षण विधी (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ हजार ७ सय ७३ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् ।