भीरकोट नपालाई पतञ्जलीको ५० वोरा चामल र छाङ्छाङ्दी सहकारीको १५ हजार सहयोग

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा पतञ्जली योग समिति स्याङ्जा वालिङ्ले रु १ लाख ५ हजार वरावरको चामल सहयोग गरेको छ भने छाङ्छाङ्दी बचत तथा ऋण सहकारी सस्था लिमिटेड १५ हजार र नेवा आमा समुहले करिब आठ हजार सहयोग गरेका छन् ।

विश्वभरी माहामारीको रुपमा फैलीएको कोरोना भाइरस कोभिड १९ सक्रंमणको सख्या नेपालमा दिनानुदिन वढाइरहेको छ । यस वाट वच्न नेपालमा गरिएको लकडाउन बाट अति प्रभाबितहरुको राहतको लागि नगरपालिकाले सुरुगरेको राहत अभियनमा सहयोग आउने क्रम बढेको हो ।

यस्तो अवस्थामा ज्यालामजदुरी, गरिव असाय र अति विपन्नहरुलाई साँझ विहान हात मुख जोड्न मुस्कील भैरहेको भनी आचार्य श्री वालकृष्ण माहाराज र स्वामी योग गुरु रामदेव माहाराजको निर्देशनमा पतञ्जली योग समिति स्याङ्जा वालिङ् मार्फत भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी योग समितिका उपाध्यक्ष विष्णु प्रताप खाँण र पदाधिकारीहरुको उपस्थीतिमा योग समिति स्याङजाका अध्यक्ष नारायण तिवारीले रु १ लाख ५ हजार वरावरको पतञ्जली गोल्ड नामक २५ केजीका ५० वोरा चामल नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नुभयो ।

त्यस्तै भीरकोट नगरपालिका वडा न ४ छाङ्छाङदीमा रहेको श्री छाङ्छाङ्दी बचत तथा ऋण सहकारी सस्था लिमिटेडका उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,कोषाध्यक्ष शोवित बहादुर थापा र लेखा संमयोजक शोभाकान्त पौडेलले संयुक्त रुपमा रु १५ हजार र सोही वाडमा रहेको नेवा आमा समुह हटियाका अध्यक्ष दिल कुमारी श्रेष्ठ र सचिव निरु कुमारी श्रेष्ठले राहत कोषमा जम्मा हुने गरी रु ७ हजार ५ सय ५नगर प्रमुख छायाराम खनाल लाई प्रदान गर्नभएको छ ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने सहयोग वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको प्रमुख खनालले बताउनुभयो ।

नगरपालिकाको ९ वटै वाडका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको वताउदै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग गरेकोमा सहयोगी लाई धन्यवाद व्यक्त गर्नुभयो । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १३ लाख ४६ हजार ७ सय ६८ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले जनाकारी दिनुभयो ।