फुलफूल र पशुका पनि कोरोना परिणाम दिने प्रयोगशाला !

0
Shares

दार ए सलाम,एजेन्सी ।

तान्जानियाको राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका निर्देशक तथा त्यसका गुणस्तर व्यवस्थापकलाई सरकारले निलम्वन गर्दै अनुन्धान शुरु गर्ने निर्णय गरेको छ । राष्ट्रपति जोह्न मागुफुलीले कोरोना भाइरस टेस्टिंग किट्सको विश्वसनियताबारे प्रश्न उठाएपछि ति वरिष्ठ अधिकारीलाई निलम्वन गरिएको हो ।

उत्तर पश्चिमी तान्जानिया स्थित आफ्नो गृहनगर चाटोबाट प्रत्यक्ष प्रशारित टेलिभिजन सम्बोधनमा राष्ट्रपतिले काल्पनिक नाम र उमेर राखेर गैर मानव नमुना पठाएर कोरोना भाइरस परिक्षण गर्न आफुले एउटा गोप्य आयोग नै खडा गरेको रहस्योद्घाट्न गरेका छन् ।

उनले मानव स्वाब भन्दै केहि फलफुल र जनावरबाट लिइएको पदार्थ परिक्षणका लागि पठाइँदा हाँसो लाग्दो ढंगले कुनैको कोरोना पोजिटिभ र कुनैको नेगेटिभ परिणाम आएको पनि जानकारी दिएका छन् ।

मागुफुलीले अगाडी भनेका छन् , ‘ उदाहरणका लागि वर्ष तीस , नाम जाविर हाम्जा भनी पठाइएको सवारी साधनमा प्रयोग हुने तेलको परिणाम नेगेटिभ आयो । पैंतालिस वर्षिया महिला सारा साम्वेलीको नाममा पठाइएको भुँइकटहरको झोलको परिणाम अनिश्चित आयो ।

त्यसैगरी २६ वर्षिया महिला एलिजवेथ एन्नेको नाममा नमुनाको रुपमा पठाइएको मेवाको झोलको परिणाम पोजिटिभ आयो । त्यस्तै एउटा बोकाको र पन्छीको पठाइएका नमुनाका परिणाम पनि पोजिटिभ आएका छन् ।