जङ्गली च्याउँ खाँदा ५ जना बिरामी

0
Shares

न्युज अफ नेपाल,तनहुँ ।

जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । घर नजिकैको चक्रवर्ती सामुदायिक वनबाट ल्याएको च्याउँ खाँदा सोमबार एकै परिवारका दुई गम्भीर सहित पाँच जना बिरामी भएका हुन् ।

देवघाट गाउँपालिका–५ साउनेका ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउँ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । बाबु कृष्ण र उहाँका १५ वर्षीय छोरा धनलाल भुजेलको अवस्था गम्भिर रहेको एसपि सिलवालले बताउनुभयो ।

उनीहरुको पुरानो मेडिकल भरतपुरमा उपचार भइरहेको छ । कृष्णकी ४० वर्षीया श्रीमती गौरी, छोराहरु २१ वर्षीय तीर्थ र १७ वर्षीय मिनबहादुरको भरतपुर स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका सई उज्वल चिलुवालले जानकारी बताउनुभयो ।