ग्रेडिङ प्रणालीबाट सञ्चालित नगरपालिकाभित्रका ८ कक्षाको परीक्षाफल सार्वजानिक, मोवाईलवाटै नतिजा हेर्न सकिने

0
Shares

रामधन राई,खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एसईई प्रणालीवाट सञ्चालन गरेको कक्षा –८ को परीक्षाफल सार्वजानिक गरेको छ । गत फागुन २७ गतेवाट पहिलो पटक एसईई प्रणालीवाट सञ्चालित परीक्षाको नतिजा सोमवार पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरिएको हो ।

नगरपालिकाभित्र पर्ने ३६ वटा आधारभूत विद्यालयमा अध्ययनरत १ हजार दुई जना विद्यार्थीलाई २६ केन्द्रवाट परीक्षा दिने व्यवस्था मिलाईएको थियो । जसमध्ये ११ जना अनुपस्थित भई ९ सय ९१ जना सहभागीमध्ये ३९ दशमलव ३५ प्रतिशत अर्थात ३ सय ९० जनाले सवै विषयमा उर्तीण गरेको मेयर दिपनारायण रिजालले वताउनुभयो ।

यस्तै, सवै भन्दा कम ३९ दशमलव ३६ प्रतिशत सहभागी मात्र गणित विषयमा उतीर्ण भएका छन् । परीक्षामा ९ जनाले ए प्लस, ४१ जनाले ए ग्रेड, १ सय १८ जनाले वी प्लस १ सय ७० जनाले वी, र २ सय ५४ जनाले सी प्लस ग्रेड ल्याउन सफल वनेका छन् । यस्तै, २ सय ९४ जनाले सी ९६ जनाले डी प्लस, र ३ जनाले डी ग्रेड ल्याएको मेयर रिजालले सुनाउनुभयो ।

माउण्ट एभरेष्ट ईङलिस वोर्डिङ स्कुल दिक्तेलका प्रदिप आचार्यले ३ दशमलव ८३ तथा दिक्तेल ईङलिस वोर्डिङ स्कुलका प्रेरणा राईले पनि ३ दशमलव ८३ प्रतिशत ग्रेड ल्याउँदै नगरपालिका उत्कृष्ट विद्यार्थी वन्न सफल बनेका छन् ।

यस्तै, सामुदायिक विद्यालयका तर्फवाट चम्पावती मावि वुइपाका अभिषेक श्रेष्ठले ३ दशमलव ५५ र चम्पावती मावि विजयखर्ककी रोजिना कटवालले पनि ३ दशमलव ५५ प्रतिशत अंक ल्याउँदै उत्कृष्ट विद्यार्थी घोषित भएका छन् । उत्कृष्ठ विद्यार्थीहरुलाई नगर दिवसमा पुरस्कृत गरिने जनाईएको छ ।

ग्रेड सुधार गर्न चाहाने विद्यार्थीका लागि विद्यालय सञ्चालन भएको १५ दिनभित्र पुरक परीक्षा सञ्चालन गरिने पत्रकार सम्मेलनमा जनाईएको छ । परीक्षार्थीहरुले आफ्नो नतिजा मोवाईल फोनमा अंग्रेजी अक्षरको ‘एम एल ई’ टाईप गरी एक स्पेश दिएर ‘सिम्वल नम्बर’ टाईप गरी ‘तीन पाँच शुन्य शुन्य(३५००)’मा पठाई हेर्न सकिने व्यवस्था गरिएको छ । नतिजाको लागि सिम्बल नम्बर टाईप गर्दा अगाडीको शुन्यलाई छाडिदिनुपर्ने नगरपालिकाले जनाएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले ८ कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि एसईई प्रणालीवाट नगरस्तरीय परीक्षाको रुपमा सञ्चालन गरिएको मेयर रिजालको भनाई छ । परीक्षालाई चुस्त तथा निष्पक्ष वनाउनका लागि कोडिङ सिस्टमवाट कापी जाँच गराईएको उहाँले वताउनुभयो ।नगरपालिकाले एसईई परीक्षालाई मध्यनजर गर्दै एफ रेडियोवाट एसईई विशेष कक्षा सञ्चालनको समेत तयारी गरिरहेको जनाएको छ ।