रुपन्देही उद्योग संघद्वारा १६ स्थानीय तह र कोरोना अस्पताललाई पौने ७ लाख सहयोग

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देही उद्योग संघले रुपन्देही जिल्ला भरका १६ वटा स्थानीय तह र बुटवल धागो कारखानामा निर्माण भएको कोरोना अस्पताललाई आर्थिक सहयोग स्वरुप पौने ७ लाख रुपैयाँ प्रदान गरेको छ । संघले कोरोना अस्पताललाई ३ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ भने जिल्लाका १६ वटै स्थानीय तहमा प्रत्यक्ष पुगेर तहका प्रमुखज्यूहरुलाई सहयोग रकम प्रदान गरेकोे छ ।

संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्व र संघका पदाधिकारीको सहभागितामा बुटवल उपमहानगरपालिकालाई ५१ हजार तिलोत्तमा, देवदह, सैनौना, सिद्धाथनगर र लुम्बिनी सांस्कृत नगरपालिकालाई समान २५ हजारका दरले र वाँकी १० वटा गाउँपालिकालाई १५ हजारका दरले नगद राहत हस्तान्तरण प्रदान गरिएको होे ।

रकम हस्तान्तरण गदै संघका अध्यक्ष बोहोराले हालको कोभिड १९ ले उद्योग क्षेत्र धरासायी बन्दै गइरहेको भएतापनि जिल्लाका कुनै पनि नागरिक भोको पेट बस्न र उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ जिल्ला भरिका सम्पूर्ण स्थानीय तहहरुसँग भावनात्मक र आत्मिय सम्बन्ध कायम राख्न सम्पूर्ण स्थानीय तहमा राहत स्वरुप संघको तर्पmबाट सानै भएता पनि सहभागिता जनाएको बताउनु भएको छ ।

संघले कोरोनाबाट प्रभावित उद्योगहरुको संरक्षणका लागि यस अघि नै अर्थमन्त्री एवं नेपाल सरकारलाई सुझाव स्वरुप संघको तर्पmबाट ज्ञापन पत्र बुझाई सकेको छ । संघले कोभिड १९ बाट बच्न यस अघि नै सचेतनामूलक अभियान मास्क वितरण लगायतका कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ । संघबाट उपलब्ध भएको सहयोग र सद्भाव प्रति जिल्लाका स्थानीय तह प्रमुखहरुले आभार व्यक्त गर्दै रुपन्देही उद्योग संघको अभियानलाई प्रशंसा गर्नु भएको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।