गैडहवा गाउँपालिकाद्वारा ३३ सय बढीलाई राहत प्रदान

0
Shares

यमलाल भुसाल,बुटवल । 

रुपन्देहीको गैडहवा गाउपालिकाले लकडाउनलाई अझ प्रभावकारी बनाउन गाउँपालिका भित्रका कुनैपनि निजी सवारी साधनहरुको आवागमन र छिमेकी पालिकाहरुबाट हुने आवत जावतलाई कडाइका साथ रोक लगाउन सुरक्षा संयन्त्र परिचालन गर्ने बताएको छ ।गैडहवा गाउपालिकामा छिमेकी भारतबाट लुकिछिपी आउनेको संख्यामा कमी नआएको र अझै पनि अस्थाई क्वारेन्टाइनमा ५जनालाई राखिएको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले बताउनु भएको छ ।

छिमेकी भारतबाट गैडहवावासीको आफन्त र नातेदार आउनेक्रम नरोकिएकोले गैडहवा गाउपालिका कोरोना संक्रमणको उच्च जोखिममा भएकोले उच्च सर्तकता अपनाउन गैडहवावासी एकभई लाग्नुको बिकल्प नभएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताउनु भएको छ ।

यस्तै लकडाउनका कारण समस्यामा परेका ३ हजार ३ सय २५ बिपन्न घरपरिवारलाई पहिलो चरणको राहत बितरण गरिएको छ ।छुटपुटहरुको नामावली पनि संकलन कार्य भैरहेको अधिकृत घिमिरेले बताउनु भएको छ ।

गैडहवामा लकडाउनको पुर्ण पालना गर्न गराउनमा गाउपालिकामा गठित बिभिन्न टोल बिकास संस्था र आमा समूह,क्लवहरु सक्रिय भई अत्यावस्यक कार्यमा हिडेका ब्यक्ति र पास नलिइ आवत जावत गरेका सवारी साधनहरुको आवागमनलाई पुर्ण रुपमा रोक लगाइरहेको गैडहवा गाउपालिकाका सामाजिक बिकास उपसमितीका संयोजक भुवन बहादुर रानाले जानकारी दिनु भएको छ ।

गाउपालिकामा उतपादन भएका र छिट्टै खेर जाने तरकारी जन्य बस्तुहरुको बिहान र सांँझगरी दिनमा ५ घण्टा सामाजिक दुरी कायम गरी बिक्री बितरणका लागि समय निर्धारण गरिएको समेत संयोजक रानाले जानकारी दिनु भएको छ ।