ट्रम्पद्वारा एक लाख मर्ने चेतावनी


वासिंगटन,(एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको कारण अमेरिकामा एक लाख नागरिकको जयन जानसक्ने चेतावनी दिएका छन् । दसइ घन्टा लामो ‘ भच्र्युअल टाउन हल ’ मा बोल्दै ट्रम्पले आफ्नो सरकारले कोभिड १९ नियनत्रण र रोकथाम कार्यमा ढिलाई गरिरहेको भन्ने आरोप पनि अस्विकार गरेका छन् ।

अहिले सम्म अमेरिकामा ६७ हजार जना भन्दा बढि व्यक्तिको भाइरस संक्रमणको कारण मृत्यु भइसकेको छ । साथै उनले फोक्स न्युज समक्ष आगामी वर्षको शुरु सम्ममा केभिड १९ विरुद्धको खोप विकास भइसक्ने अशा पनि व्यक्त गरेका छन् । यद्यपि जन स्वास्थ विशेषज्ञहरुले सो खोप तयार पार्न १२ देखि १८ महिना लाग्न सक्ने अनुमान गरेका छन् ।