न्युयोर्कसिटी, ( एजेन्सी )
अमेरिकाका केहि प्रमुख एयरलायन्सहरुले कोरोना भाइरसके माहमारी फैलिन नदिन याुहरुलाई उडानमा मास्क लगाउनु पर्ने नयँ नियम बनाएका छन् । यसै साता देखि ति ठूला अमेरिकी एयरलायन्सहरुले नयाँ स्वास्थ तथा सुरक्षा नीति अन्तर्गत यात्रु र चालक दलका सदस्यहरुलाई मास्क अनिवार्य गरेका हुन् ।
विशव्का अन्य मुलकका एयरलायन्सहरुले पनि आफ्ना उडानहरु पुन चाल गर्दा यस नियमलाई अनुसरण गर्ने भएका छन् । कोरोना भाइरसको कारण भारी नोकसानी बेहोरिरहेका सम्पूर्ण एयरलायन्सहरुले यसलाइृ अस्थायी रुपमा मात्र लागु गर्न लागेका हुन् ।
सेमवार देखि नै युइस क्यारियर डेल्टाले उडानमा लगयत चेक इन क्षेत्र , प्रिमियम लाउन्ज र बोर्डिंग गेट क्षेत्रहरुमा मास्कलाइ अनिवार्य गरेको छ । अमेरिकन एयरलायन्स र युनाइटेडले पनि आफ्नो सेवा सुचारु गर्दा यस नियमलाई कार्यान्वयन गर्ने भएक छन् ।
प्रतिक्रिया