लहानको एक गोदाममा प्रहरीको छापा, म्याद गुज्रेको मैदा बरामद

0
Shares

सुभेन्द्र दास,लहान ।

स्थानीय बजारमा म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण भइरहेको सूचनाको आधारमा लहानमा गरिएको अनुगमनको क्रममा २८ बोरा म्याद गुज्रेको मैदा बरामद भएको छ।

ईलाका प्रशासन कार्यालय लहान , खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराज ,ईलाका प्रहरी प्रहरी कार्यालय लहान सशस्त्र प्रहरी क्याम्प लहान , उपभोक्ता महासंघ सिरहा सहितको टोलीले लहानस्थित एक गोदाममा छापा मार्दा ५० किलोका २८ बोरा गरि १४ क्वीण्टल म्याद गुज्रेको मैदा बरामद भएको छ ।

ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल राजभण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख ,उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ता ,ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापा क्षेत्री र सशस्त्र प्रहरी क्याम्प लहानका डिएसपी अर्जुन प्रसाद सापकोटाको संयुक्त टोलीले जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य , महासचिव अब्दुल करीम , कोषाध्यक्ष विकाश सारडा , वडा नम्बर ५ का अध्यक्ष सुलेमान मिया अन्सारीको उपस्तिथिमा व्यापारी पवन मुन्धडाको गोदामबाट म्याद गुज्रेको मैदा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार गोदाम छापा मार्दा म्याद गुज्रेको मैदा बरामद भएपछि मैदा जफत गरिनुका साथै मुन्धडालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यलय लहानमा राखिएको बिरगंज खाद्य उद्योग प्रालि परवानीपुर पर्सा नेपाल द्वारा उत्पादित राजहंस ब्रान्ड उच्चस्तरको मैदा आधुनिक मेसिन बाट उत्पादित ५० किलो तौल लेखिएको बोरामा प्याक गरिएको २८ बोरा म्याद गुज्रिएको मैदा भेटिएपछि थप सोधपुछका लागि व्यापारी मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको डिएसपी क्षेत्रीले बताए ।

खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराजले म्याद गुज्रिएको मैदाको जाँचको लागि प्रदेश कार्यालय जनकपुर पठाउने उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए ।

‘बन्दावन्दीको वेला निरन्तर बजार अनुगमन र शुपथ मूल्यमा माल समानहरु पाउनुपर्ने, तर यस्तो अवस्थामा म्याद गुज्रिएका खाद्यपदार्थ खपत हुन सक्ने र समानको कृत्रिम आभाव देखाएर अनुचित नाफा लिन सक्ने चर्चा चलिरहेको वेला लहानमा पहिलो पटक एउटै गोदामबाट यति मात्रामा म्याद गुज्रिएको मैदा बरामद गरेको थप अनुसन्धान भैईरहेको डिएसपी थापाले जानकारी दिनु भयो ।