हाइकु अनलाइन कविता प्रतियोगितामा मिश्र विजयी

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लकडाउनको समयमा साहित्य सिर्जना तथा कविता लेखन शैलिको विकास गर्ने उद्धेश्यले देशव्यापी रुपमा सञ्चालन गरिएको हाइकु अनलाइन प्रतियोगीतामा लमजुङका लक्ष्मिप्रसाद मिश्र अध्याधिक भोटले विजयी हुनुभएको छ ।

बाल साहित्य विकास मञ्च काठमाडौले आयोजना गरेको हाइकु अनलाईन कविता प्रतियोगीतामा लमजुङ सुन्दरवजार घर हुनुभएका लक्ष्मि प्रसाद मिश्र विजयी हुनुभएको हो । प्रतियोगीतामा लमजुङका मिश्र सहित विभिन्न जिल्लाका २१ जना साहित्य तथा रचनाकारहरुको सहभागीता रहेको थियो ।

मिश्रले अनलाईन लाइभ मार्फत रातो वाकस कविता संग्रह, लमजुङको उपहार वाल कविता संग्रह, नसामा डुबेको जीवन लघु खण्ड काव्य लगायतका लेख तथा कविताहरु वाचन गर्नुभएको थियो । मिश्रलाइ लकडाउन पश्चात एक समारोह विच नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले जनाएको छ ।