बाल गुरु आदित्य जनहित कल्याण कोषद्वारा कोरोना उपचार कोषमा २ लाख रुपैयाँ सहयोग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

बाल गुरु आदित्यद्वारा स्थापित ऊँ आदि फाउण्डेशन अन्तर्गतको आदित्य जनहित कल्याण कोषले सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ लाख १ हजार रुपियाँ प्रदान गरेको छ ।

सो रकम उक्त कोषका अध्यक्ष रामेश्वर थापालगायतका टोलीले प्रधानमन्त्री कार्यालयका सचिव डा. तीर्थराज ढकाललाई हस्तान्तरण गरेको कोषका कोषाध्यक्ष उद्धवकुमार केसीले जानकारी दिनुभयो । टोलीमा शेषराज दाहाल, नरेन्द्रबहादुर श्रेष्ठ, बिनु क्षेत्रीलगायतका ब्यक्तिको सहभागी थियो ।

यसैगरी उक्त कोषले काठमाडौं महानगरपालिका वडा नं ७ लाई पनि ५१ हजार रुपियाँ सहयोग स्वरुप हस्तान्तरण गरेको छ । गरीव, असहाय र आपतविपतमा परेकाहरुलाई आर्थिक सहयोग गर्नको लागि उक्त कोष गठन भएको कोषाध्यक्षक केसीले बताउनुभयो । सो संस्थाले यस अघि पनि भूकम्प पीडित, बाढी पहिरोबाट आपतमा परेकालाई सहयोग गरेको बताइएको छ ।