शुरु ग-यो ललितपुर महानगरले आफ्नै स्रोतमा क्वारेन्टिन

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारबाट २० शैय्याको क्वारेन्टिन शुरु गरेको छ । कम्प्लेक्सभित्र रहेको खेलाडीहरुको होस्टेलमा क्वारेन्टिन संचालन गरिएको हो । उक्त होस्टेलमा अहिले खेलाडी बस्दैनन् । अखिल नेपाल फुटबल संघ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पाले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ,महर्जनले ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुषाललाई ,भुषालले नेपाली सेनाका महासेनानी उत्तम सापकोटालाई साँचो हस्तान्तरण गरेपछि क्वारेन्टिनको औपचारिक रुपमा सुरुवात भएको हो ।

यो क्वारेन्टिनमा पाटन अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका बिरामीको आफन्तहरुलाई राखिने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । कोरोना नियन्त्रण र रोकथामका लागि महानगरपालिकाले गरेको महत्वपूर्ण कामहरु मध्ये क्वारेन्टिन संचालन एक भएको महर्जनले स्पष्ट पारे । ‘हामी तयारी अबस्थामा बसेका हौं , कोरोना पोजेटिभलाई राख्न तयारी गरेका हौं ,प्रमुख महर्जनले भने,‘ तर,त्यस्तो अवस्था नआओस् , यहाँ एक जना पनि बिरामी राख्न नपरोस् । ’ उनले ज्यापुसमाजको वृद्धाश्रममा समेत क्वारेन्टिन राखिने जानकारी दिए ।।

प्रमुख महर्जनले बाग्मती प्रदेशमा संचालित चारहजार भन्दा धेरै जना अट्ने क्वारेन्टिनमा सात सय पचास मात्रै बिरामी रहेको बताउँदै आवश्यकता पहिचान भएपछि मात्रै महानगरले क्वारेन्टिन संचालन तर्फ ध्यान केन्द्रित गरेको स्पष्ट पारे । महानगरको सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले ज्याप ुसमाजको वृद्धाश्रममा समेत क्वारेन्टिन राखिने बताए ।

भर्खरै निर्माण सकिएको तर वृद्धवृद्धा नरहेको उक्त भवनमा विभिन्न जिल्लाबाट महानगरपालिका भित्रिएकालाई राखिने कार्कीले जानकारी दिए । उनले भने, ‘ संक्रमण फैलिएका जिल्ला र अन्यबाट आएकाहरु समुदायमा बस्दा त्रास उत्पन्न हुनसक्छ, सावधानी अपनाएर यस्तो व्यवस्था गरेका हौं । ’ क्वारेन्टिनमा बस्दा आफूपनि सुरक्षित हुने र समुदायलाई पनि सुरक्षित महसुश गराउन सकिने बताउँदै महानगरभित्रिएकालाई उक्त क्वारेन्टिनमा बस्न अनुरोध गरे ।

महानगरपालिका अनुसार एन्फा कम्प्लेक्सको खेलाडी होस्टलमा संचाल गरिएको क्वारेन्टिनको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्नेछ । महानगर विपद् व्यवस्थापन समितिको बैठकले क्वारेन्टिन संचालन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सरकारले जारी गरेको कोरोना भाइरस ९कोभिड —१९० सम्बन्धी क्वारेन्टिन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सदस्य सचिव सहित सात सदस्यीय समितिले अध्ययन प्रतिवेदन दिए पछि क्वारेन्टि संचालन गर्नुपर्नेछ । सहायक प्रमुख जिल्ला अधिकारीले अध्ययन प्रतिवेदन दिएपछि क्वारेन्टिन स्थल र त्यससँग सम्बन्धित विषयमा निर्णय गरिएको थियो । कार्यक्रममा एन्फाका उपाध्यक्ष शिक्षित पराजुली र महासचिव इन्द्रमान तुलाधारको समेत उपस्थिति थियो ।