अमरगढीका अति विपन्न ४० जनजाती परिवारलाई राहत

0
Shares

राम धामी,डडेल्धुरा ।

डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिका वार्ड नं. २ र ३ का अति विपन्न ४० जनजाती परिवारलाई आईतबार राहात स्वरुप खाद्यान वितरण गरिएको छ । लामो समयदेखि जारी लकडाउनका कारण जिविकोपार्जनमा कठिनाई उत्पन्न भएका अति विपन्न जानजाती परिवारलाई वडा कार्यालयको समन्वयमा राहात स्वरुप प्रति परिवार २५ किलो चामला वितरण गरिएको हो ।

डडेल्धुरामा लामो समयदेखि विपद जोखिम न्युनीकरणका क्षेत्रमा कृयासिल गैर सरकारी संस्था एकीकृत विकास समाजबाट अति विपन्न जनजाती परिवारलाई खाद्यान वितरण गरिएको हो । डडेल्धुरा सदरमुकाम आसपासका क्षेत्रमा दैनिक ज्यालादारीमा मजदुरी गरेर जीवन यापन गरिरहेका जनजाती समुदायका व्यक्तिहरुलाई संस्थामा कार्यरत कर्मचारी र संस्थाका सदस्यहरुबाट स्वैच्छिक रुपमा दान गरिएको रकमबाट १० क्वीन्टल चामल खरिद गरेर राहात वितरण गरिएको संस्थाकी कार्यकारी निर्देशक पदमा गुरुङले जानकारी दिइन ।

एकीकृत विकास समाज डडेल्धुराले यसअघि जिल्लाका सातओटै स्थानीय तहमार्फत मास्क, टुथब्रुस, टुथपेस्ट, साबुन जस्ता सरसफाई सामाग्री र क्वारेन्टाइनका लागि आवश्यक खटिया, टावेलसमेत वितरण गरेको थियो भने जिल्लाको गन्यापधुरा गाँउपालिकामा बसोबास गरिरहेका दुई सय ५० अति विपन्न दलित परिवारहरुलाई सुदूरपश्चिम प्रदेश सरकारको नम्र्सअनुसार प्रतिपरिवार ३० किलो चामल, तीन किलो दाल, दुई किलो चिनी र एकहजार दिने आमाहरुलाई एक क्रेट अण्डा, पाँच किलो अरहर र चनाको दाल राहात स्वरुप वितरण गरेको थियो ।

कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउनको मारमा परेका अमरगढी नगरपालिकाकासाथै भागेश्वर गाँउपालिकाका बिभिन्न जनजाती समुदायका ब्यक्तिहरुलाई आवश्यकता अनुसार थप राहात वितरण गरिने एकीकृत विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक गणेशबहादुर मगरले जानकारी दिए ।

राहात वितरणगर्दै सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लले कोरोना महामारीका कारण जिविकोपार्जनमा कठिनाई भएका जिल्लाबासीहरुले सहजै सम्पर्क गरेर राहात प्राप्त गर्न सकिने बताए । साँसद मल्ल लकडाउन अवधिमा जिल्लाका बिभिन्न स्थानमा पुगेर जिल्लाबासीहरुलाई राहातकासाथै बिभिन्न निकायहरुलाई सरसफाई सामाग्रीहरु, थर्मल गन, पीपीई वितरण गरिरहेका छन । साँसद मल्लले विपदमा परेका जिल्लाबासीहरुलाई सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।