भीरकोट नगरपालिको कोषमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको सहयोग

0
Shares

भूपराज बस्याल,स्याङ्जा

भिरकोट नगरपलिकाको राहत कोषमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी सस्थाले बिस हजार सहयोग गरको छ । माहामारीकोरुप लिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण वाट वच्न गरिएको लकडाउनवाट प्रभावित र अति विपन्न भीरकोट वासी र कामगर्नको लागी भीरकोटमा आएर बसेकाहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा भीरकोट नगरपालिका वडा न १ वयरघारीमा प्रधान कार्यालय रहेको श्री माछापुच्छ्रे बचत तथा ऋण सहकारी सस्था लिमिटेडका संचालक समिति र व्यवस्थापन समितिका पदाधीकारीको उपस्थीतिमा सस्थाका अध्यक्ष डोलराज ढुङ्गानाले उक्त सहयोग नगर प्रमुख छायाराम खनाल लाई प्रदान गर्नुभएको हो ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोभिड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।

साथै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धीत वडा अध्यक्षसंग सम्र्पक गरी सिफारीस सहित नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग गरेकोमा माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी सस्था लिलाई धन्यवाद व्यक्त गर्नुभयो । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १२ लाख ३९ हजार २ सय ६३ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनु भयो ।