कारागारमा कोरोना भाइरसको उच्च सतर्कता

0
Shares

दाङ । 
कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि दाङका दुवै कारागारमा उच्च सर्तकता अपनाइएको छ । त्ुालसीपुर र घोराही कारागारमा उच्चसर्तकता अपनाइएको सम्बन्धित कारागारले जनाएका छन् ।

कोरानाका भाइरसको जोखिमलाई ध्यानमा राखी तुलसीपुर कारागारमा कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर युवराज परियारले बताउनुभयो । उहाँका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको र कारागारमा पठाइने कैदीबन्दीलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ । उहाँले कैदीबन्दीलाई सेनिटाइजर र मास्कको प्रयोगको पनि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

जेलर परियारका अनुसार लडकाउन अवधिमा तुलसीपुर कारागारमा तीन पुरुष र एक महिला गरी चार बन्दी ९थनुवा० र एक आश्रित ९बालक ० थपिएका छन् । यससँगै हाल त्यहाँ ४६६ जना कैदीबन्दी छन् । तीमध्ये ४२९ पुरुष ३३ महिला र चार आश्रित बालबालिका छन् ।

घोराही कारागारमा पनि कोरोनाको संक्रमणबाट जोगिनका लागि उच्च सर्र्तकता अपनाइएको छ । त्यहाँ सात जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । कारागारमा थपिने कैदीबन्दी तथा कारागारमा रहेकालाई पनि समस्या देखिएमा त्यहाँ राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको हो ।

“शुरुमा क्वारेन्टाइनमा १४ दिनसम्म राख्छौँ, त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्र कारागार चलान गर्छाँै”, जेलर पाण्डेले भन्नुभयो । उहाँका अनुसार बन्दाबन्दी शुरु भएदेखि कारागारमा कैदीबन्दीसँंग आफन्तको भेटघाटलाई पूर्ण रोक लगाइएको छ ।

घोराही कारागारमा बन्दाबन्दीको शुरु भएदेखि हालसम्म सात बन्दी थपिएका छन् । ती थपिएकासँंगै हाल सो कारागारमा २७६ कैदीबन्दी छन् । कारागारको क्षमता भने सत्तरी जना मात्र छ ।