अबुधाबी ।
संयुक्त अरब इमिरेट्सको एक संस्थानले कोविड–१९ संक्रमणको उपचारमा अत्यन्त सफल ‘गेम चेन्जर’ विधि निकालेको छ । यहाँ स्टेम सेलको मद्दतबाट बिरामीको उपचार गरिएको र सबै बिरामी ठीक पनि भइसकेको दाबी गरिएको छ ।
यूएईका विदेशमन्त्री हिन्द अल ओटेबाले ट्विटमा यस प्रक्रियाका बारेमा जानकारी दिएका हुन् । उनले भने– ‘अबुधाबी स्टेम सेल्स सेन्टरले कोविड–१९ भाइसर संक्रमणको उपचार विधि निकालेको छ । यसमा बिरामीको रगतबाट स्टेम सेल्स निकालेर फोक्सोमा राखिन्छ र फोक्सोका कोषलाई पुनर्निर्माण गरिन्छ । साथै यसले इम्युनिटी सेल्सलाई बढी प्रभावकारी पनि बनाउँछ ।’
ओटेबाका अनुसार यस उपचारमा पहिलो चरणको क्लिनिकल परीक्षणमा सफलता प्राप्त भइसकेको छ । ७३ जनामा यसको प्रयोग गरिएको थियो । सबै जना बिनाकुनै साइड इफेक्ट ठीक भइसकेका छन् ।
यो उपचार विधि संक्रमणबाट अन्यन्तै ग्रस्त बिरामीहरूमा गरिएको र उनीहरूलाई आईसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । उपचारको उपलब्धिप्रति निश्चिन्त हुन थप परीक्षण भइरहेको र आगामी हप्तामा यसको प्रष्ट नतिजा आउने उनले बताए ।
यसअघि अमेरिकी चिकित्सकहरूले कोरोना भाइरसका लागि सबैभन्दा प्रभावकारी औषधि रेमडेशिविर भएको जानकारी दिएका थिए । क्यालिफोर्नियाको औषधि कम्पनी गिलिड साइन्सेजले रेमडेशिविर औषधि पाँच दिनको मात्रा प्रयोग गर्दा कोविड–१९ का बिरामीमा ५० प्रतिशत स्वास्थ्य स्थितिमा सुधार भएको जनाएको थियो । तीमध्ये आधाभन्दा धेरै बिरामीलाई दुई हप्ताभित्रै छुट्टी दिइएको जानकारी दिए ।
अब तेस्रो चरणको परीक्षणपछि मात्र औषधिलाई अनुमति प्राप्त हुन्छ ।
रेमडेशिविर औषधिलाई अहिलेसम्म विश्वमा कुनै अनुमति वा लाइसेन्स दिइएको छैन र यसको प्रयोग कोविड १९ को उपचारमा सत प्रतिशत सुरक्षित छ भन्ने प्रमाणित पनि भएको छैन । रेमडेशिविर इबोला संक्रमणको उपचारका लािग विकसित गरिएको थियो । यो औषधि भाइरसलाई शरीरभित्र क्लोन बनाउन रोक्नका लागि बनाइएको हो ।











प्रतिक्रिया