मन्त्री भट्टराईद्वारा पुनस्थापनामा पहल गर्ने प्रतिवद्धता

0
Shares

दिलकुमार लिम्बू ताप्लेजुङ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई र १ नम्बर प्रदेश सभा सदस्य टंक आङबोहाङले बेग्लाबेग्लै प्रेस विज्ञाप्ति जारी गर्दै ताप्लेजुङमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै पुनस्र्थापनामा आफ्नो तर्फवाट आवश्यक पहल गर्ने बताएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले आगलागिबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइहरुप्रति सहानुभूति व्यक्त गरेका छन् । ‘आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधिहरु र स्थानीय समुदायबाट भएको पहलले थप क्षति हुनबाट जोगिएको छ,’ जारी विज्ञप्तिमा लेखिएको छ ‘तत्काल उद्धार र राहतको प्रवन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध समेत विज्ञाप्ती मार्फत् अनुरोध गरेको छ ।’

मन्त्री भट्टराई र प्रदेश सभा सदस्य आङबोहाङले पुनस्र्थापनाका लागि आफ्नो तर्फवाट आवश्यक पहल गर्ने विज्ञाप्तीमार्फत् प्रतिवद्धता व्यक्त समेत गरे छ ।