एसल्ट हतियार प्रतिबन्धित

0
Shares

मोन्ट्रियल,एजेन्सी । 

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउले एसल्ट शैलीको हातहतियार माथिको बहुप्रतिक्षित प्रतिवन्ध लगाएका छन् । गत अप्रिलमा भएको डरलाग्दो गोली काण्ड पछि सुरक्षाका लागि बढ्दो जन दवावसंगै प्रधानमन्त्रीले यो कदम चलाएका हुन् ।

यो नयाँ नियम अनुसार अबदेखि १ हजार ५ सय वटा एसल्ट हातहतियारको बिक्रि , ओसार प्रसार , आयात वा प्योग गर्न नपाउने भएको छ । यो प्रतिवन्ध तत्कालै लागु गरिएपनि पहिल्यै त्यस्ता बनदुकहरु साथमा रहेकाहरुलाई यो नियम पालना गर्न दुई वर्ष लामो समय दिइएको छ ।

प्रधानमन्त्री ट्रुडेउले मानिसहरसंग रहेका खतरनाक बन्दुकहरु सरकारले किन्ने कार्यक्रमका लागि एउटा नौलो विधेयक पनि छिटै ल्याउन लागेको बताएका छन् ।
क्यानाडामा संयुक्त राज्य अमेरिकामा जस्तो नागरिकले साथमा बन्दुक राख्न पाउने व्यवस्था संविधानमै उल्लेख गरिएको छैन । विशेगरी क्यानाडाका ग्रामिण क्षेत्रमा अनुमति लिएर घरमा बन्दुक राख्नु फैसन जस्तै भएको छ । रोयल क्यानाडियन माउन्टेड पुलिसमा ८० हजार वटा भन्दा बढि एसल्ट हतियार दर्ता गरिएका छन् ।