किम जीवितै एक मल कारखाना उद्घाटनको तस्वीर सार्वजनिक

0
Shares

प्योंगयोंग,एजेन्सी ।

उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्यलाई लिएर विगत करिब २० दिन देखि चलिरहेको अनुमान समाप्त भएको छ । शुक्रबार मजदुर दिवसमा नेता किम जोंग उन एक मल कारखानाको उदघाटन कार्यक्रममा देखिएपछि यो स्थिति देखिएको हो । यो कारखाना उत्तर कोरियाको दक्षिण पुर्वी इलाका सुनचिआनमा अवस्थित छ । यस क्रममा किमसँग उनकी बहिनी किम यो जोंग पनि उपस्थित थिइन् ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेको तस्वीरमा नेता किम जोंग उन कारखाना भित्र रिबन काट्दै गरेको र त्यसको निरिक्षण गरिरहेको देखिएका छन् । यस क्रममा त्यहाँ उपस्थित हजारौंले किमको स्वागत गरिरहेका थिए । एक तस्विरमा यो कार्यक्रम मे १ मै आयोजना भएको देखाउने प्रयास भएको देखिन्छ । यद्यपी तस्वीरको सत्यता स्वतन्त्र पुष्टी हुन सकेको छैन ।

यसअघि जापान र हंगकंगबाट प्रकासित केही समाचारमा मुटुको सल्यक्रियापछि किम जोंग उनको मृत्यु भएको दावी गरिएको थियो । यद्यपी दक्षिण कोरियाले किम जीवित रहेको अडान राख्दै आएको थियो । किमको स्वास्थ्य रहस्यका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको मृत्यु भइसकेको अनुमानलाई बल पुग्ने गरी प्रतिक्रिया दिएका थिए ।