बर्लिन (एजेन्सी) ।
पृथ्वीमा जीवनको सबैभन्दा महत्वपुर्ण आधार सुर्य करिब ९ हजार बर्षदेखि सुस्त अर्थात निन्द्राको स्थितिमा रहेको ताजा अध्ययनले देखाएको छ ।
जर्मनीको म्याक्स प्लेंक इन्स्टिच्युटका खगोलशास्त्रीले सुर्य र त्योसँग समान गुणका ताराहरुको अध्ययन गरेका थिए । यस अध्ययनमा सुर्यको तेजमा पाँच गुणा कमी आएको देखिएको हो । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट संकलित आधारमा अध्ययन गरिएको हो ।
हाम्रो आकाशगंगा मिल्की वेका ताराको तापक्रम, उमेर र परिक्रमणका आधारमा सुर्यको तुलना गरियो । अनुसन्धान अनुसार सुर्य ९ हजार बर्ष देखि शान्त भएको हो वा ती ताराहरु नै पहिल्यै देखि कम चम्किला थिए भन्ने विषयमा स्पष्ट हुन सकेको छैन ।
इन्स्टिच्युटका डाक्टर अलेक्ज्यान्डर साप्रियोले भने ( हामी यो हेरेर हैरान भएका छौं कि धरैजसो तारा सुर्य भन्दा धेरै सक्रिय छन् ।
शोधका लेखक डाक्टर टिम रेनहोल्डले सुर्य हजारौं बर्षदेखि शान्त बनिरहेकोले यसको सही तस्विर आउन नसक्ने बताए । सुर्यमा हुने कालो धब्बाको रिकर्ड सन् १६१० देखि राख्दै आइरहेको हो । सुर्यको आयु हेर्ने हो भने ९ हजार बर्ष धेरै कम समय हो । यद्यपी यो भन्दा अगाडी कस्तो थियो भन्ने कुरा थाहा पाउन अहिले सम्भव छैन । तर अन्य तारालाई हेरेर यसको गतिविधिको तुलना हुन सक्ने रेनहोल्डले बताए ।
यसको सक्रियताको कमीको कारण के हो, यो अहिले पत्ता लगाउन सकेको छैन । यसबाट आगामी ११ बर्षमा यो गतिविधि यस्तै रहेने अनुमान भने गर्न सकिने उनले बताए ।
प्रतिक्रिया