कोरोना उपचारमा स्टेम सेल विधि प्रभावकारी सावित

0
Shares

एजेन्सी ।

अहिले सम्पुण विश्वकै ध्यान घातक महामारी कोरोना भाइरसको संक्रमणबाट मुक्ती पाउनेमा केन्द्रित छ । यस क्रममा विश्वभरी यस भाइरस संक्रमणको सटिक उपचारको खोजी भइरहेको छ । कयौं देशमा सम्भावित औषधीको क्लिनिकल परिक्षण पनि शुरु भइसकेको छ । यो सुचीमा संयुक्त अरब इमिरेट्को नाम पनि जोडिएको छ ।

यहाँको एक संस्थानले कोविड १९ संक्रमणको उपचारमा अत्यन्त सफल –गेम चेन्जर– विधि निकालेको छ । यहाँ स्टेम सेलको मद्दतबाट विरामीको उपचार गरिएको र सबै विरामी ठीक पनि भइसकेको दावी गरिएकोछ । देशमा कोरोना संक्रमण फैलिनबाट रोक्ने र उपचारका लागि करिब ६० परियोजना चलिरहेको छ।

युएईका विदेशमन्त्री हिन्द अल ओतेबाले ट्विटमा यस प्रक्रियाका बारेमा जानकारी दिएको हो । उनले भने ( अबुधाबी स्टेम सेल्स सेन्टरले कोविड १९ भाइसर संक्रमणको उपचार विधि निकालेको छ । यसमा विरामीको रगतबाट स्टेम सेल्स निकालेर फोक्सोमा राखिन्छ र फोक्सका कोषलाई पुननिर्माण गरिन्छ । साथै यसले इम्युनिटी सेल्सलाई बढी प्रभाव देखाउनबाट पनि राक्छ ।

ओतेबाका अनुसार यस उपचारमा पहिलो चरणको क्लिनिकल परिक्षणमा सफलता प्राप्त भइसकेको छ । ७३ जनामा यसको प्रयोग गरिएको हो र सबै जना बिना कुनै साइड इफेक्ट ठीक भइरहेको छ । यो उपचार विधि संक्रमणबाट अन्यन्तै ग्रस्त विरामीहरुमा गरिएको र उनीहरुलाई आईसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । उपचारको उपलब्धी प्रति निश्चिन्त हुन थप परीक्षण भइरहेको र आगामी हप्तामा यसको प्रष्ट नतिजा आउने उनले बताए ।

यसअघि अमेरिकी चिकित्सकहरुले कोरोना भाइरसका लागि सबैभन्दा प्रभावकारी औषधी रेमडेसिविर भएको जानकारी दिएका थिए । क्यालिफोर्नियाको औषधी कम्पनी गिलिड साइन्सेजले रेमडेसिविर औषधी ५ दिनको मात्रा प्रयोग गर्दा कोविड १९ का विरामीमा ५० प्रतिशत स्वास्थ्य स्थितिमा सुधार भएको जनाएको थियो । ती मध्य आधा भन्दा धेरै विरामीलाई दुई हप्ता भित्रै छुट्टी दिइएको जानकारी दिए । अब तेस्रो चरणको परीक्षणपछि मात्र औषधीलाई अनुमति प्राप्त हुन्छ ।

रेमडेसिविर औषधीलाई अहिलेसम्म विश्वमा कुनै अनुमति वा लाइसेन्स दिइएको छैन र यसको प्रयोग कोविड १९ को उपचारमा सत प्रतिशत सुरक्षित छ भन्ने प्रमाणित पनि भएको छैन । रेमडेसिविर इबोला संक्रमणको उपचारका लािग विकसित गरिएको थियो । यो औषधी भाइरसलाई सरीर भित्र क्लोन बनाउन रोक्नका लागि बनाइएको हो ।