कोभिड-१९ : आजको परिवेश, चुनौती र अवसर

94
Shares

जय राई ।

नेपालको सिमा दुई ठुला देशहरु भारत र चीनसँग जोडिएको छ । चीन तर्फका सिमाहरु अधिकांश हिमश्रृखला पर्दछन । नेपालको सम्पूर्ण आयात तथा निर्यात हवाई तथा भु–मार्गबाट मात्र सम्भव छ जुन भारतसंग मात्र बढी निर्भर छ भने सबैभन्दा नजिकको सामुद्रिक दुरी भनेको करिब २१ किलोमिटर बंगलादेशमा पर्द छ तर भारतको अनुमति विना जुन सम्भव छैन ।

नेपालको नौं महिनाको आयात निर्यातको लेखमा, आयात मात्र भएका मुख्य देशहरुको आयात हेर्दा, भारतबाट ६ खर्व ८६ अर्व ८५ करोड, चीनबाट १ खर्ब ५३ अर्व ९६ करोड, संयुक्त अरव इमिरेट्सबाट २६ अर्व ८१ करोड तथा फ्रन्सबाट १७ अर्व ३६ करोड बराबरको आयात भएको उल्लेख छ । यस्तै चामल, गहुँ, दाल, खानेतेल, आलु लगायतका दैनिक खाद्यान्नका बस्तुहरु आयात गरिएको देखिन्छ भने आजको दिनमा त अवश्य पनि दोब्बर नभएनी त्यसको साढे एक भाग त भएकै हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।

चुनौतीः

आज कोरोना भाईसले विश्वमा लिईरहेकोे महामारीको रुपबाट नेपाल र नेपालीको लागि पनि एक चुनौतीको रुपमा खडा भएकोछ । करिब ५ वर्ष अगाडी नेपालमा भएको राजनितीक परिवर्तनबाट केही असहजता भई भारतबाट भएको अघोसित नाकाबन्दीले केही हदसम्म नेपाल र नेपालीको दैनिक जिविकोपार्जनमा प्रत्यक्ष नकरात्मक असर पुर्‍याएको थियो । सो सर्वत्र आलोचना तथा दबाबको कारणबाट केही समय पछि सहज बनाईएको थियो तर आजको अवस्था भने विल्कुलै फरक भएर उभिएको छ, जुन कुनै पनि देशले चाहेर पनि तत्कालैै मानव स्वस्थ्य उपचारको लागि अत्यावश्यक औषधी तथा उपचारका सामाग्री जस्ता बस्तुको आयात गर्न मुस्किल परिरहेको अवस्थामा, नेपाल र नेपालीको स्वआम्दानीबाट अपुग भई अन्य देशमा निर्भर भैरहेको तथ्याङ्कले देखाई रहेको छ । दैनिक जिविकोपार्जनको लागि चाहिने खाद्यान्न समेत आयात गर्न परिरहदाको अवस्था पक्कै पनि कल्पना गर्न सक्ने अवस्थाको छैन । जसले अवको केही महिना देखि अधिकांश नेपालीको चुलोमा पक्कै असर पुर्‍याउछ ।

जनमानसको आजको मनः के गाउँ, के शहर

आखिर, गाऊ वस्ताीहरु, पाँखाभित्ता, फाँट भएतापनि केही हलमेलो त पक्कै छ हुनुपर्छ, काठमाण्डौ लगायतका ठुला शहरहरुमा पनि, सबै रोपनी–रोपनीमा बंगलावाला मात्रै हुदैनन्, कोही–कोही त, एउटा घरको ४ वटा कोठा मध्ये २ वटा आफु प्रयोग गरी २ वटा कोठा भाडामा लगाई छाक टार्न पर्ने परिवार पनि छन्, आज त्यही २ वटा कोठामा बस्नेले आफ्नो रोजीरोटी गुमेपछि हप्तौं दिन लगाएर आफ्नो वर्षौ देखि छाडि आएको फाँट, पाखाभित्ताको गाऊघर जान कयौं मानिसहरु पैदलै सपरिवार लागेको हिजो आज दिन दिनै देख्न पाईन्छ । यसो भनिरहदा शहरमा गाऊको भन्दा बढी अवसरहरु पक्कै पाईन्छ नै तर पनि फाँट, पाखाभित्ताहरु पनि मौसम अनुसारका खाद्यान्न तथा फलफुलहरु एवं एैचोंपैचों समेत पाईने भएकोले सामान्यतया जिविकोपार्जन गर्न खासै कठिनाई भने हुदैन ।

सिक्नुपर्ने पाठः

कुनै पनि शहर वा गाऊ जहाँ पनि उर्वरा जमिनलाई सधै खेती नै गर्नु पर्ने रहेछ । जुन शहरमा भएका जमिनहरु प्लटिङ्गको नाममा टुक्रा–टुक्रा पारी घडेरीको रुपमा विकास गर्दा आज २ छाक तरकारी खाने करेसावारी समेत मासिएका छन् भने फाँट, पाखाभित्तका जमिनहरु छाडिगएर झाडीमा परिनत भई जंगली जनवारहरुले कब्जा जमाई रहेका छन् ।

आफ्नो पाखुरीमा बल र सो बललाई सदुपयोग गर्न पाउने ठाऊ हुन्जेल आफु जन्मे हुर्केको ठाऊलाई चटक्कै विर्सिएकोमा, अब हामीले शिकेका शीप, तवरतरिकालाई सबैमिलि आफ्नै फाँट, पाखाभित्तामा परिश्रम गर्न पक्कै पनि शुरुवत गर्नुपर्छ जसले आफु, आफ्नो परिवार, समुदाय, र आफ्नो देश, नेपाललाई नै आत्मनिर्भरताको बाटोमा डो¥याउन सघाउ पुग्दछ, जसले परनिर्भरताको दरलाई घटाउन मद्दत पुर्‍याउछ तसर्थ आजैबाट शुरु किन नगर्ने ?

अवसर र मौकाः

विभिन्न समयमा जस्तै महाभुकम्प, नाकाबन्दी आदी हुदै आजको कोभिड कोरोना नामक महामारीलाई नेपाल र नेपालीले कृषी प्रधान देशको नारा अनुरुप आत्मनिर्भरताको शुरुवतीको एउटा स्वर्ण अवसरको रुपमा किन नलिने ?

नेपाल, दशौं वर्ष अगाडीको अवस्था भन्दा नेपाल आधारभुत विकासमा केही हदसम्म अगाडी बढिसकेको छ । जस्तै बिजुली, ग्रामिण सडक, सडक, प्राविधिक एवं प्रविधि यो सबैमा सबलता आएको छ मात्रै मन र धनको कमी छ ।

आजको यो परिवेशमा दुख्खैले भएतापनि नेपालका सवै सुबिधा सम्पन्न भनिने ठुला शहरहरु जस्तै काठमाण्डौ, विराटनगर, पोखरा, चितवन आदी लगायतबाट सबै व्यवसाय तथा रोजगार छाडी आ–आफ्नो गाऊ ठाऊहरुमा सबै खाले मानिसहरु पुगीसकेको अवस्था छ । त्यसमा पनि कतिपय त देश विदेशबाट शीप तथा अनुभव आर्जन गरेका व्यक्तिहरु पनि छन् । अत् अव बैदेशिक रोजगार टुटयौं, रेमिटेन्स् नभित्रीने भो भनेर टाउकोमा हात राखेर चिन्ता लिने नभई यसरी दक्ष जनशक्तिको शीप र अनुभवलाई कसरी उपयोग गरी आफ्नै जन्म थलो फर्कि आएका महानुभावहरुको त्यही ठाऊमा स्थायित्व तथा तत्काल जिवीकोपार्जन र उत्पादकमुलक कृषिबाट कसरी दीगोपनले अड्याउन सकिन्छ ? यस बिषयमा स्थानीय सरकार तथा प्रदेश सरकारबाट पनि तुरुन्त सोचगरी नितिगत निर्णय एवं कार्यन्वयन गर्न अत्यावश्यक छ भने मनकारी मन र धन अथवा वित्तीय संस्थाहरुको पनि आवश्यक धनको व्यवस्थामा सहयोग गर्न तथा कम लगानी एवं परिश्रमबाट अधिकतम् उत्पादन कसरी हुन सक्छ भन्ने विषयमा कृषि विज्ञहरुबाट समेत तत्कालै कृषिको प्रकार, स्थान विशेष प्रजाती एवं भण्डारण आदीको लेख एवं रचना सम्प्रेशन हुन अत्यावश्यक देखिन्छ । यसका साथै बजार व्यवस्थापन सम्बन्धि पनि सम्बन्धित बजार विशेषज्ञहरुबाट जानकारी मूलक लेखहरु सम्प्रेशन हुन आवश्यक देखिन्छ ।

साथै शिक्षाविद्धहरु, यस विपद घडीको सदुपयोग गर्दै ग्रामिण स्तरका उच्च माध्यमिक तथा माध्यमिक विद्यालयहरुको पाठ्यक्रममा समेत पुर्नविचार गरी कृषि, दीगो विकास, समुदाय र देशको आत्मनिर्भरतालाई टेवा पुग्ने खालमा परिमार्जन गरी विद्यालयबाट अभिभावकहरुले आफ्ना बालबच्चाले केही त सिकेनी भन्ने खालको शिक्षा दिन मिल्ने खालको बनाउने पो हो की?

यो समय तराईको फाँट, तथा गाऊहरुको लागि खेती गर्न, गराउन अत्यन्तै उपयुक्त समय समेत भएकाले खेर जान नदिन पनि कोशिस गर्न सकिन्छ कि ?