ताप्लेजुङको खाद्य संस्थानमा चामल आईपुग्यो

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

गत हप्ता ताप्लेजुङको खाद्य संस्थानमा चामल सकिएको एक हप्तामा एक हजार क्विन्टल चामल सोमबार तापलेजुङ आई पुगेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ र खाद्य संस्थान ताप्लेजुङको समन्वय भएपछि त्तकालको लागि विक्रि वितरण गर्न रोक गर्ने निर्णय गरेको छ ।

लकडाउन भए पछि खाद्य संस्थानमा चामलको माग बढेकोले यस आर्थिक वर्षकोे एक हाजर क्विन्टल चामल गत हप्तामै सकेको र अहिले आएको चामल आर्थिक वर्ष ७७/७८ को लागी आएकोले तत्काल विक्री वितरण नगर्ने जिल्ला प्रशासन र खाद्य संस्थाविच सहमती भएको ताप्लेजुङका खाद्य संस्थानका कार्यालय प्रमुख तुलमाया लोवाले जानकारी दिनु भयो ।

ताप्लेजुङ जिल्लाको लागि दुई हजार क्वीटल कोटा भएको अहिले काटिएर एक हजार क्विन्टल कोटा मात्र आउनु भएकोले जिल्लामा पुर्याउनै मुस्किल भएको लोवाले बताउँनु भयो । आपतकालीन  समय तथा जिल्ला प्रशासनको सिफारिसमा मात्र विक्रि वितरण गर्ने सहमती भएको लोवाले जानकारी दिनु भयो ।

अहिले फुङलिङ नगर पालिकाले ७५ क्विन्टल फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेप ५० क्विन्टल मेरिङदेन गाउँपालिकाले ५०क्विन्टल र मिक्वाखोला गाउँपालिकाले २० क्विन्टल जिल्ला प्रशासनबाट सिफारिस आईसकेको संस्थानका प्रमुख लोवाले जानकारी दिनु भयो ।

अहिले खाद्य संस्थानले चामलमा १० प्रतिशत छुट दिएको लोवाले जानकारी दिनु भयो । सोना मनसुली चामल ३९ रुपैयाँ ७० पैसा र जापानी चामलको मूल्य प्रतिकिलो ४२ रुपैयाँ ३० पैसाको दरले विक्री वितरण हुने लोवाले जानकारी दिनु भयो ।