रसुवागढी जल विद्युत आयोजनाको काम ७५ प्रतिशत सकियो

0
Shares

सरस्वती न्यौपाने रसुवा ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर दुई टिमुरेमा निर्माण भइरहेको एक सय ११ मेगावाट क्षमता रहेको रसुवागढी जलविद्युत आयोजना काम ७५ प्रतिशत सकिएको छ ।

आयोजनाको कुल लागत १३ अर्व ३८ करोड ४२ लाख रुपैयामा निर्माण भइरहेको छ भने वार्षिक ६१३.८७ मेगावाट विद्युत उत्पादन हुने लक्ष्य राखि गोसाईकुण्ड गाउँपालिका एक र दुई को सिमाना टिमुरे भन्दा पारि निर्माण भइरहेको छ । आयोजना मध्ये सबैभन्दा ठुलो निर्माणाधीन आयोजना हो ।

यस आयोजना लकडाउनको समयमा पनि काम भइरहेका छन् । काम रोकिएका छैनन अधिकाशंं संरचना भुमिगत रहेको आयोजनाको आयोजना प्रमुख छवि गैरेले भन्नेअहिले बाँधस्थल र डिसेन्डिङ बेसिन र बालुवा थिग्राउने पोखरीमा कंक्रिड लाइनिङको काम भइरहेको छ साथै पावर हाउसमा पनि काम भइरहेको छ । निर्माण सामाग्रीको अभाव हटाउन सबै सँग समन्वय गर्ने काम भइरहेको छ ।

२०७० साल माघ देखि काम सुरु भए आयोजनाको काम ७५ प्रतिशत भन्दा धेरै सकिएको छ ।सन् २०२० को फेबु्रवरीमा तिन वटै युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको थियो तर लट टु को काम रोकिएकाले तालिका नै प्रभावित हुने सम्भावना रहेको आयोजना प्रमुख गैरेले जानकारी दिनु भयो ।

आयोजनाको सिभिल तर्फको निर्माण चिनिया ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रक कर्पेरेन्सले गरिरहेको छ । आयोजनामा चिनिया र नेपाली गरी ६ सय कामदार लाई पुर्ण सुरक्षित तरिकाले खटाइएको छ भने इलेक्ट्रोमेकानिकल तर्फ ठेकेदार लकडाउन पछि सम्पुर्ण टिमसहित भारत गएकाले इलेक्ट्रोमेकानिकलको काम प्रभावित बनेको छ ।