न्युज अफ नेपाल, नवलपरासी ।
पश्चिम नवलपरासीको भारतसंग सिमा जोडिएका सुस्ता र प्रतापुर गाउं पालिकाबाट ५० जनाको नमूना स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोेगशाला काठमाण्डौ पठाइएका ति स्वावको रिपोर्ट नआउदा सम्म सम्वन्धित सबैलाई क्वारेन्टाईनमा राखिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताउनु भयो ।
स्वाव संकलनका लागि ५ नम्वर प्रदेश सरकारले हालै २ सय थान भिटिएम जिल्लालाई उपलब्ध गराएको थियो ।
यस अघि कोभिड १९ का संकास्पदहरुलाई आरडिटी परीक्षण गरिदै आएकोमा भिटिएम आए संगै पिसिआर प्रविधिमा जोड दिइएको छ ।











प्रतिक्रिया