काठमाडौं । उदयपुरको क्वारेन्टाइनमा बसेका एक किशोरले आत्महत्या गरेका छन् । काठमाडौंबाट उदयपुर गई रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबासस्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका रौतामाई ७ गुराँसेका १८ वर्षीय सुमन विकले आत्महत्या गरेका हुन् ।
गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काकाअनुसार विक प्रेम विवाह गरेर काठमाडौ पुगेका थिए । लकडाउनको समय गाउँ फर्किएपछि उनलाई वैशाख ११ गतेबाट क्वारेन्टाइनमा राखिएको थियो ।
श्रीमती सुतिरहेको समयमा श्रीमतीकै सल पासो लगाएर उनले बिहीबार राति झ्यालमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनीसहित ८ जनालाई जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
अहिले पोष्टमार्टमको लागि उनको शव जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएके छ ।











प्रतिक्रिया