स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आयो

0
Shares

सञ्जय कार्की, रौतहट ।

तीन दिन अघि रौतहटको दुई ब्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएपछि उनीहरुको परिबार र आफन्तको समेत स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ ।

रौतहटको देबाही गोनाही नगरपालिकाको क्वारेन्टाईनमा रहेका एक ब्यक्ति र अर्का क्वारेन्टाईनमा बसेर घर फर्किसकेका बृन्दाबन नगरपालिका–९ भुसाहा टोलका एक ब्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएपछि उनीहरुको परिबार, आफन्त सहित ९१ जनाको स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो ।

चन्द्रपुर नगरपालिका–६ स्थित क्वारेन्टाईमा १५ दिन बसेर घर फर्केका बृन्दाबन नगरपालिका–९ भुसाहा टोलका एक युबक लाई घर गएको १० दिन पछि कोरोना भाईरस पोजेटिभ देखिएको हो भने देबाही गोनाही नगरपालिकाको क्वारेन्टाईनमा बसेका युबकको समेत कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

दुबैमा कोरोना भाईरस पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न बृन्दाबन नगरपालिका–९ भुसाहा टोलको दक्षीणमा भिम डावर गाँउ, उत्तरमा आकरपथर गाँउ, पश्चिममा बहुअरी तथा बरगजवा गाँउ र पुर्वमा विर्ता गाँउसम्मको ईलाका सिल गरिएको प्रशासनले जनाएको छ यस्तै देवाही गोनाही नगरपालीका वडा नं– १ नहरटोलको पुर्वमा कन्जुल मस्जीद, पश्चिममा लालबकैया नदीको नहर, दक्षीणमा मन नहर र उत्तरमा खेसरहीया गाँउको चार किल्ला लाई सिल गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले बताउनु भयो । रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालीकामा मङ्गलबार २ जना संक्रमितहरु फेला परेपछि उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा गरिएको मास परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

रौतहटमा बुधबारबाट सुरु भएको मास परिक्षण अन्तर्गत क्वारेन्टाईनमा रहेको चन्द्रपुर नगरपालीकाको २३ जना, देवाहीगोनाही नगरपालिको १३ जना, ईशनाथ नगरपालिकाको १९ जना, कटहरिया नगरपालिकाको ३१ जना, फतुवा विजयपुर नगरपालिकाको ३ जना तथा गौर र गरुडा नगरपालीकाको १/१ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।