न्युज अफ नेपाल, काठमाडौँ ।
जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किराँतीले नेपाली नागरिकमा नेगेटिभिटी बढेको बत्ताएका छन् । उनले नेपाली राजनीति फोहर हुनुमा नेता र नागरिक दुबै उत्तिकै दोषी रहेको बत्ताए ।
उनले भने, ‘मानिसमा एकप्रकारको सुपर पावर हुन्छ, त्यो विकासको एक्टिभिटीमा खर्च गर्न सकिएन भने विनाशमा नेगेटिभिटीमा खर्च हुनजान्छ । अहिले नेपाली समाज यस्तै नकरात्मक सोंचको सेरोफेरोमा गुज्रिएको छ ।’ अभिभावकको हैसियतले यसको जिम्मेवारी राज्य सञ्चालक नेतृत्व लिनुपर्ने बत्ताए ।
यस्तो नकरात्मक सोंचको वृद्धिले राजनीतिक क्षेत्रमात्र नभएर हरेक क्षेत्र, हरेक चीजलाई आवश्यकताभन्दा धेरै अतिरञ्जित बनाईदिने र परिणाम स्वरुप विकास, समृद्धि र सभ्यताको गतिलाई नै रोकिदिने खतरा रहेकोले नेपालजस्तो विकाशोन्मूख देशको लागी अत्यान्त दुःखद र दुर्भाग्य भएको बत्ताए ।
उनले रोल्पामा बम बिष्फोटबाट मृत्यु भएका चारजना वालवालिकाको घटनाप्रति पनि दुःख व्यक्त गरेका छन् । यो घटनाले वालवालिकाको स्वतन्त्र खेल्ने अधिकार मात्र नखोसेको मुलूकभर असुरक्षितसमेत रहेको पुष्टि भएकोले आमनागरिक सचेत हुनुपर्ने र द्धन्द व्यवस्थापनसँगै अवशेषका रुपमा देशभर रहेका त्यस्ता हात-हतियार र खर-खजनाहरुको पनि पहिचान गरि यथाशिघ्र व्यवस्थापन गरिनुपर्ने बत्ताए ।











प्रतिक्रिया