कार दूर्घटनामा १ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

पश्चिम नवलपरासीमा भएको कार दूर्घटनामा एक युवकको मृत्यु भएको छ । कारमा सवार अन्य दुई जना घाईते भएकाछन् ।

ईलाका प्रहरी कार्यालय सेमरीका अनुसार मृत्यु हुनेमा कार चालक बर्दघाट नगरपालिका ४ शिव कोलोनीका ४४ वर्षीय हरिकृष्ण भूर्तेल रहेकाछन् ।

दूर्घटनामा कारमा सवार सोही ठाउ निवासी गोकर्ण शर्मा र राम प्रसाद पाण्डे घाईते हुनु भएको छ । घाईतेहरुलाई उपचारर्थ भरतपुर तर्फ पठाइएको छ ।

विहिबार साझ बर्दघाट बाट त्रिवेणी तर्फ गईरहेको बा १२ च २००९ नम्वरको कार अनियन्त्रित भै विद्युत पोलमा ठोक्किएर दूर्घटनामा परेको प्रहरीले जनाएको छ ।