ट्रकमा भेटिए दर्जनौं शव

0
Shares

न्युयोर्क सिटी, (एजेन्सी)

न्युयोर्कको स्थानीय प्रशासनले बटुवाहरुले दुर्गन्ध आएको गुनासो गरेपछि थालिएको छानविनपछि गुडिरहेका ट्रकहरुमा दर्जनौं शव भेटिएको बताएको छ ।

ब्रुकलिन स्थित दि एन्ड्रयु टि क्लेकली फ्युनरल होमले भाडामा लिएका ती ट्रकमा आइसभित्र करिब पचासवटा शव राखिएको पाइएको छ । नाम नबताउने सर्तमा एक जना सरकारी अधिकारीले सो होमको फ्रिजरले काम गर्न छोडेको न्युयोर्क टाइम्सलाई बताएका छन् ।

प्रहरीले तत्कालै ती अवैध ट्रक रहेको क्षेत्र नियन्त्रणमा लिएको थियो । पछि प्रतिरक्षात्मक विशेष पोसाक लगाएका कामदारहरुले ती शव रेफ्रिजेरेटरको सुविधा भएको ट्रकमा ओसारेका थिए । तर ती शव कोरेना भाइरस संक्रमणमा मर्नेहरुको हो वा होइन् भन्ने स्पष्ट भएको छैन ।