कतार सरकारले पठायो नेपाललाई स्वास्थ्य सामग्री

0
Shares

हेटौंडा, (नेस)

कतार सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ । कतारले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीलगायतलार्ई आवश्यक पर्ने सामग्रीहरु पठाएको हो ।

कतारले थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोब्स ५० हजार थान पठाएको त्यहाँबाट सञ्चारकर्मी अनिल पराजुलीले बताएका छन् ।

सर्जिकल ग्राउन ३० हजार थान, गगल्स ३० हजार थानलगायत ७ लाख ४२ हजार थान सामग्री रहेको प्रोफेसर मोहम्मद रमजान अलि मियाँले जानकारी दिनुभयो ।

अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा नेपाल सहयोग सामग्री पठाइएको हो । कतारले यसअघि इटाली, इरान र गाँजामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री सहयोग पठाएको थियो ।