देशलाई न्याय गर्न नसक्ने संघको ठहर

0
Shares

काठमाडाैं, (नेस)

‘चिकित्सकलाई मानसिक दबाब सिर्जना हुनेगरी सांसदहरुले पदलोलुपता देखाएकोमा सारा नेपाली नागरिक लज्जित भएका छन् ।’ सो कुरा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदर नर्सिङ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जिम्मेवारी र जवाफदेही बन्नुपर्ने संस्था र निकाय आफैं वादविवाद प्रतियोगितामा उत्रने, संकटमा अनियमितताको प्रसंगलाई सरकार स्वयंले अन्यत्र मोड्ने परिपाटीले वास्तविक लोकतन्त्रको भावना र मर्ममाथि नै गम्भीर प्रहार हुन थालेकोप्रति चिन्ता प्रकट गरिएको छ ।

प्रतिपक्षी दलको नेताबिनै परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेशले लोकतान्त्रिक संविधानअन्तर्गत निर्माण भएको दुई तिहाई सरकारको मूल भावना र मर्ममाथि नै प्रश्न चिन्ह खडा गरेको उल्लेख गरिएको छ ।

कुनै पनि राजनीतिक दललाई छिन्नभिन्न पार्ने वा आफूलाई पायक पर्ने गरी संवैधानिक निकायमा नियुक्ति गर्ने स्पष्ट मनसायका साथ ल्याइएको अध्यादेश र वर्तमान नेतृत्वको अहमकारी भावनाले देशलाई न्याय गर्न नसक्ने संघको ठहर छ ।