भारतमा २४ घण्टामा करिब २ हजार नयाँ कोरोना संक्रमित थपिए

0
Shares

भारत ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतमा १ हजार ८ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ । यसैबीच ९ हजार ६८ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

बिहीबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७९ थियो भने संक्रमितको संख्या ३३ हजार ६२ थियो ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संख्या ३३ लाख ४ हजार ३०९ पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ८३९ पुगेको छ ।