न्युज अफ नेपाल, नवलपरासी ।
कोरोना संक्रमणबाट जोगिन सघाउ पुग्ने भन्दै सुन्दर हरियाली सफा गैडाकोट संस्थाले पूर्वी नवलपरासीका संचार गृहहरुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष गणेश सापकोटाले आफ्नो संस्था द्धारा प्रदान गरिएका मास्क, सेनिटाईजर र ग्लब्स पत्रकार महासंघ नवलपरासी पूर्वका अध्यक्ष होमराज रानाभाटलाई हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा संस्थाका अध्यक्ष सापकोटाले विपदका बेला ससुन्दर हरियाली सफा गैडाकोटले पैदल यात्रुलाई खाना खुवाने, विपन्न समुदायमा राहत बाड्ने काम गरिरहेको बताउनु भयो ।











प्रतिक्रिया