किम इल सुंगका एक मात्र जीवित पुत्र उत्तराधिकारीको चर्चामा

0
Shares

प्योंगयांग्,एजेन्सी ।

उत्तर कोरियामा अज्ञात स्थितिमा रहेका ३६ बर्षिय नेता किम जोंग उनका भावी उत्तराधिकारीलाई लिएर ब्यापक चर्चा भइरहेको छ । नेता किमको अवस्था भने अझै पनि रहस्यमै छ ।

केही दिन अगाडी सम्म उनकी बहिनी किम यो जोंगलाई भावी उत्तराधिकारीका रुपमा चर्चामा ल्याइएको थियो । अब यसका लागि उनका काका किम प्योंग इललाई सही उत्तराधिकारी भएको बताइरहेको छ । ६५ बर्षिय किम प्योंग इल उत्तर कारियाका संस्थापक किम इल सुंगका अन्तिम जीवित छोरा हुन् । उनले करिब ४० बर्ष उत्तर कोरियाबाट बाहिर विभिन्न देशमा बिताइसकेका छन् । किम प्योंग गत बर्ष मात्रै अवकाश पाएर देशमा फर्केका हुन् । त्यसपछि भने उनी नजरबन्द मै बसिरहेका हुन् ।

नेता किम जोंग उन अप्रिल १५ मा आफना हजुरबुबा किम इल सुंगको वार्षिक जन्मजयन्ती कार्यक्रममा अनुपस्थित रहेका थिए । त्यसपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न समाचार बाहिर आइरहेको थियो । केही सन्चार माध्यमले उनको मृत्यु भइसकेको समेत दावी गरेका थिए । विगत केही दिन देखि उनको उत्तराधिकारीलाई लिएर ब्यापक बहस भइरहेको छ ।

उत्तर कोरियाको स्थापनापछि नै किम प्योंग इललाई देशको भावी शासकका रुपमा हेर्ने गरिएको हो । हाल उनका भतिजा किम जोंगको स्वास्थ्यलाई लिएर स्थिति स्पष्ट नभएकोले किम प्योंगको नाम फेरी अगाडी आइरहेको हो । उनी किम वंशमा प्रवल दावेदार बन्न सक्ने एक मात्र पुरुष हुन् । किनकी उत्तर कोरियाको सत्तामा पुरुषको दबदबा रहेको छ । किम प्योंगको बर्तमान शासकसँग रगतको सम्बन्ध पनि छ । यी दुबै तथ्यले भावी शासक बन्न उनी उपयुक्त भएको बताइएको छ ।

बेलायतमा उत्तर कोरियाका राजदुत रहेर काम गरिसकेका चुके थेई येंग होका अनुसार किम जोंगकी वहिनी महार भएको र कम उमेर मात्र ३० बर्षको हुनुले सत्ता हासिल गर्नमा कठिनाई हुन सक्छ । कन्जरवेटिव पार्टीका पुरुष सदस्य उनको विरोध गर्न सक्ने अनुमान गरिएको छ ।
किम प्योंग सत्तामा आउन सक्ने तथ्यलाई केही विशेषज्ञहरुले अस्विकार गरिरहेका पनि छन् । किनभने किम प्योंग लामो समय देखि सत्ताबाट दुरीमा बसिसकेका छन् । यस स्थितिमा देशको शासन प्रणाली र सन्चारमा उनको पकड बलियो छैन ।

दक्षिण कोरियाको संसदिय खुफिया समितिका सदस्य कम ब्योग कीका अनुसार यसतो सम्भव छैन । यस प्रकारको अनुमानलाई लिएर आफुलाई हाँसो लाग्ने उनले बताए । यदि उनी सत्तामा आए भनेपनि देशका कयौं पदासिन अधिकारीका लागि समस्या उत्पन्न हुन सक्ने अनुमान छ । ती मध्य किम जोंग उनको शासन कालमा सक्रिय कयौं अधिकारीले उनको देश फिर्तीको विरोधमा काम गरेका थिए ।