न्युज अफ नेपाल, काठमाडाैँ ।
कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवालको अहिले काठमाडौँ जिल्ला अदालतमा बहश सुरु भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बज्रेश प्याकुरेलको इजलासमा बहश सुरु भएको हो ।
व्यापारी अग्रवालले कोरोना भाइरसको सन्त्रास भएका बेला ४ हजार १ सय १० रुपियाँ ९४ पैसा पर्ने थर्मल गनलाई १५ हजार रुपियाँका दरले बिक्री गरेको आरोप सरकारले लगाएको छ ।
प्रहरी नायब महानिरीक्षक सहकुल थापाको नेतृत्वमा स्टिङ अप्रेसन गरेर अग्रवाललाई रङ्गेहात समातिएको थियो । त्यस बेला सुलभ अग्रवालले बिल पनि दिन मानेका थिएनन् । चेकमा पनि कारोबार गर्न मानेका थिएनन् । उनले जति नगद छ त्यतिको मात्र थर्मल गन बिक्री गर्न खोजेका थिए ।
१२ सय वटा थर्मल गन करिब रु. २४ सयमा चीनबाट ल्याएकोमा प्रायः ८ हजार ५ सयले भ्याट बिल नै काटेर विभिन्न रिटेलरलाई बेचेको सुलभ अग्रवालको दाबी छ । धेरै त उनले आफन्त र साथीलाई सित्तैमा दिइसकेको पनि जानकारी गराए । सुलभलाई २० हजार थर्मल गन चीनबाट ल्याएर १२ सयवटाको मात्र भन्सार तिरेको पनि आरोप छ ।












प्रतिक्रिया