फ्रान्समा फेस मास्क अनिवार्य

0
Shares

पेरिस,(एजेन्सी)

फ्रान्सका प्रधानमन्त्री एदुआर्ड फिलिप्पेले आगामा ११ मे महिनामा कोरोना भाइरस महामारीको कारण लगाइएको लकडाउन हटाइएपछि सार्वजनिक यातायात र माध्यमिक बिद्यालयहरुमा फेस मास्कको प्रयोग अनिवार्य हुने बुधवार बताएका छन् ।

बिद्यालयहरुभने विस्तारै खोलिनेछन् । किंडरगार्टेन र प्राथमिक बिद्यालय गर्दै पछि माध्यमिक बिद्यालय खोलिने छन् । एघार देखि पन्ध्र वर्ष उमेर समुहका बालबालिकालाई मास्क अनिवार्य गरिने भएको छ । कोभिड १९ को महामारीले अति नै भयावह रुप लिएपछि फ्रान्समा लकडाउन गरिएको हो ।
फिलिप्पेले जुनको अन्त्य सम्ममा स्थिती सामान्य हुने अनुमान गरिएको बताएका छन् ।

अत्यावश्यक नरहेका पसल र बजारहरु पनि ११ मे देखि खुल्ला हुन लागेका छन् । तर बार र रेस्टुरेन्टहरु भने बन्दै रहने बताइएको छ । वेलायत , इटाली र स्पेन जस्त ैकोरोना भाइरसको कारण धेरै व्यक्तिको ज्यान गुमाउने फ्रान्स अर्को युरोपेली मुलुक हो ।