मासु उत्पादन चालु राख्नु : ट्रम्प

0
Shares

वासिंगटन,(एजेनसी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा मुलुकको खाद्यान्न आपुर्ति व्यवस्थालाई सुचारु राख्न मासु प्रशोधन कारखानाहरुलाई आफ्ना काम सुचारु राख्न आदेश दिएका छन् । ट्रम्पले कोरियाली युद्धकालिन कानुन ब्युँताएर ति मासु उद्योगलाई खुल्ला राख्न आदेश दिएका हुन् ।

अमेरिकाभरिका करिव ३ हजार ३ सय मासु प्याक गर्ने कामदार कोरोना संक्रमित भएका छन् । ति मध्ये २० जनाको मृत्यु भइसकेको छ । गत महिना नै संयुक्त राष्ट्र संघले विश्वभरि खाद्यान्न संकट हुने चेतावनी दिएको थियो ।

कोराना महामारी शुरु भएयता अमेरिकाका २२ वटा मासु प्रशोधन तथा प्याकिंग कारखाना बन्द भइसकेका छन् । स्मिथफिल्डस फुडस , टाइसन फुडस , कार्गिल एन्ड जेबिएस युएसए अमेरिकाका सबैभन्दा प्रमुख कुखुरा , वंगुर र गाईको मासु उत्पादन गर्ने उद्योग हुन् ।