प्रकोप व्यवस्थापन कोषमा शुभ लक्ष्मीको १ लाख सहयोग


भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा शुभ लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले १ लाख सहयोग गरेको छ ।

भीरकोटका वास्तविक जनतालाई भोकभोकै वस्न पर्ने अवस्था नआओस भनेर भीरकोट नगरपालिका वाड न १ मा रहेको श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सस्थाका संचालक समिती र व्यवस्थापन समितीका पदाधिकारी सहितको उपस्थीतिमा सहकारीका अध्यक्ष भक्त वहादुर केसीले रु १ लाखको चेक नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नुभएको हो ।

चेक वुझदै प्रमुख खनालले शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले दिएको रकम लक डाउनवाट प्रभावित भीरकोटवासीलाई खाद्यान्न खरिद गरी वितरण गर्ने भन्दै सस्थाले ठुलो धनरासी सहयोग गरेको मा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

पहिलोचरणको राहत वितरणमा ८२४ जना अति विपन्न र ज्यालादारी गरी गुजारो टार्दै आएकाहरुलाई रहत वितरण गरीसकेको भन्दै दोस्रो चरणको राहत वितरण आज वाट क्रमश ९ ओटै वाडमा प्रत्येक वाडका टोल संयोजक मार्फत वितरण गर्ने गरी २ जना घर परिवार भएको घरमा १० केजी चामल २ केजी दाल, २ केजि नुन र १ लिटर तेल त्यसैगरी २ जनाको परिवार देखी ५ जनाका सम्मको परिवारलाई २० केजी चामल,२ केजी दाल, २ केजी नुन र १ लिटर तेल त्यसैगरी ५ जनाको परिवार भन्दा माथीको लाई २५ केजी चामल,२ केजी दाल,२ किलो नुन र १ लिटर तेल राहत स्वरुप ९ वटा वाडका लक डाउन वाट परेका वास्तविक प्रभावित १४ सय घरपरिवालाई वितरण गर्ने कार्य शूरु भएको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

हाल सम्म शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेड भीरकोट १ वाट १ लाख र समाजसेवी श्यामकाजी अधिकारी वाट २२ हजार गरी भीरकोट नगरपालिकाको दैविक प्रकोप व्यवस्थापन कोषमा नगद र जिन्सी गरी रु ९ लाख ३० हजार ४ सय ४८ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताउनुभयो ।