क्यानाडाका प्रधानमन्त्रीकी आमा आगलागीमा घाइते


ओटावा (एजेन्सी)

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी आमा मारग्रेट ट्रुडोको मोन्ट्रेरियल स्थित घरमा आगो लागेको छ । उनी पनि आगोले जलेको बताइएको छ । उनलाई अस्पतालमा भर्ना गरिएको आधिकारिक सुत्रले जानकारी दिएको छ । आपतकालिन ब्यवस्थापन निकायले उनकी आमाको अवस्थालाई लिएर कुनै पुष्टि गरेको छैन तर एक ब्यक्तीलाई अस्पताल लगेको जानकारी दिए ।

यसबीच स्थानिय सन्चार माध्यममा उनको आवास बाहिर रोकेका दमकल, गाडी, लामा लामा भर्यांग सहितका तस्विर प्रकाशित भएका छन् । तर प्रधानमन्त्री कार्यालयले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

यसबीच रेडियो क्यानाडले पुर्व प्रधानमन्त्री पेरी ट्रुडोकी पत्नी तथा बर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोकी आमा निस्सासिएकी र आगोले जलेको अवस्थामा अस्पतालमा उपचार भइरहेका बताएको छ ।

आगो भवनको पाँचौ तल्लाको छतमा लागेको र आगलागी नियन्त्रणमा ७० दमकल परिचालन गरिएको थियो । अपार्टमेन्टबाट तीन परिवारलाई सुरक्षित बाहिर निकालिएको बताइएको छ ।