लन्डन (एजेन्सी)
विवाहमा जोडीले जीवनभर मात्र होइन मृत्युमा पनि साथ दिने बचन दिएको हुन्छ । त्यसपछि मृत्युमा अगाडी पछाडी हुने त छँदैछ, जीवित छँदै साथ विताउने क्रममा सम्बन्ध विच्छेड सामान्य भइसकेको हुन्छ ।
यद्यपी त्यसता जोडीहरु पनि अपवादमा हुन्छन् जसले जीवनमा अन्तिम स्वास पनि आफनो जीवनसाथीसँगै लिने सौभाग्य प्राप्त गरेका हुन्छन् । यसतै एक उदाहरण बेलायतमा देखिएको छ । यहाँको एक अस्पतालमा एक बृद्ध दम्पती क्यारल क्लिमन र हार्वी क्लिमनलाई सँगै भर्ना गरिएको थियो र दुबैले एकै दिन प्राण त्याग गरे ।
हार्वी र क्यारल विगत ४० बर्ष देखि सफल दाम्पत्य जीवनमा सँगै रहे । क्लेमनकी छोरी फ्रान्सिसले भनिन्- ‘मेरा मातापिता सेप्टेम्बरमा आफनो विवाहको ४० औं बर्षगाँठ मनाउने क्रममा थिए । तर मैले उनीहरुलाई अन्तिम पटक हस्पिटलमा एक अर्कालाई चुम्बन गरेको देखेँ । उनीहरु अन्तिम क्षण पनि एक अर्कालाई हेर्न पाइरहेका थिए, मलाई त्यसैमा खुसी लागेको छ । ‘
७८ बर्षीय क्यारल क्लेमनलाई मुटुको समस्याले त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो, जुन दिन उनका ८३ बर्षीय पति हार्वे क्लेमनलाई कोरोना भाइरस संक्रमणका कारण भर्ना गरिएको थियो । दुबैलाई एउटै अस्पतालमा भर्ना गरिएको थियो । हार्वेलाई कोरोना भाइरसको कुनै लक्षण थिएन, फेरी पनि उनी संक्रमित देखिएको थियो ।











प्रतिक्रिया