नयाँदिल्ली (एजेन्सी)
विश्व महामारीको भयावह रुप लिइरहेको नोवल कोरोना भाइरसले विध्वंशको कुन रुप सम्म पुर्याउने हो, अनिश्चित छ । सन् २०१९ डिसेम्बारमा चीनको हुवेइ प्रान्तको वुहानमा यसको पहिलो संक्रमण फेला परेको थियो । त्यसबेला देखि अहिलेसम्म यो घातक भाइरसले पुरै विश्वलाई चेपेटामा लिइसकेको छ ।
यति मात्रै होइ यो भाइरसले आफुलाई परिवर्तन गर्दै १० फरक फरक प्रकार रुप लिइसकेका छ । यसैमा यसको एक रुप ए२ए हो । अब यो भाइरसको ११ प्रकार भइसकेको छ । सोधले ए२ए टाइप भाइरस सबैभन्दा खतरनाक भएको पत्ता लागेको छ र अब यो पुरै विश्वमा सबैभन्दा धेरै संक्रमण फैलाइरहेको छ ।
नेसनल इन्स्टिच्युट अफ कायोमेडिकल जिनोमिक्स,कल्याणी बंगाल ( एनआइबीजी)को एक शोधमा ए२ए भाइरस बाँकी अन्य टाइपको भाइरस भन्दा पुरै विश्वमा फैलिरहेको थाहा भएको छ । निधान विस्वास र प्रथा मजुमदारको यो अनुसन्धान इन्डियन जर्न अफ मेडिकल रिसर्चमा छिट्टै प्रकाशित हुँदैछ ।
शोधबाट ए२ए भाइरस अत्यन्त खतरनाक भएको र यसले मानव फोक्सोमा ठुलो संख्यामा घुषपैठ गर्ने क्षमता राखेको पत्ता लागेको छ । पछिल्लो सार्सकोव भाइरस जसले १० बर्ष अगाडी ८ सयको ज्यान लिएको थियो र ८ हजार भन्दा धेरैलाई संक्रमित बनाएको थियो, त्यसले पनि मान्छेको फोक्सोमा प्रवेश गर्ने क्षमता विकसित गरिसकेको थियो ।
यद्यपी यो क्षमता ए२ए भाइरस जतिको थिएन । शोधका अनुसार ए२ए भाइरस तिब्र रुपमा पसारण पनि हुन्छ र कोविड १९ को यो टाइप विश्वभरी फैलिरहेको छ ।
विस्वास र मजुमदारको सोधले कोरोनाका लागि खोप बनाउने वैज्ञानिकहरुलाई महत्वपुर्ण सहयोग मिल्ने बताइएको छ । शोधका अनुसार विगत ४ महिनामा कोविड १९ भाइरसका १० प्रकार आफनो पुरानो ओ टाइपका थिए ।
मार्चको अन्तिम हप्ता ए२ए ले पुरानो भाइरसको स्थान लिन शुरु गरेको हो र पुरै विश्वमा फैलिसकेको छ । मजुमदारले भने- ‘यसले अर्को प्रकारको भाइरसलाई प्रतिस्थापन गरिसकेको छ र सार्सकोव२ को शक्तिशाली प्रकार बनिसकेको छ ।’











प्रतिक्रिया