नेकपा सचिवालय बैठक आज बस्ने


न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

पार्टीमा आन्तरिक विवाद चर्कंदै गएपछि नेताहरुको पटक पटकको आग्रहमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सचिवालय बैठक स्थगित हुँदै आउको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालसंग सोमबार छलफल गरेपछि मंगलबार सचिवालय बैठक बोलाइएको थियो । तर एकाएक मंगलबार फेरि उनी इच्छित देखिएनन् । सोमबारै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो ।

मंगलबार भने प्रचण्डसंगै छलफल गरेपछि ओली बुधबार सचिवालय बैठक बोलाउन राजी भएका थिए ।

यो बैठकको मुख्य उद्धेश्य स्थायी समिति बैठक बोलाउने हुने पनि बताइएको छ । यसअघि नै ओलीले पार्टीमा आन्तरिक छलफल नै नगरी दुई वटा विवादास्पद अध्यादेश जारी गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

स्थायी समितिका १६ सदस्यले एक हप्ताअघि नै ओली र प्रचण्डलाई स्थायी समिति बैठक बोलाउन ज्ञापन पत्र बुझाएका थिए ।

स्थायी समितिको बैठक बोलाउने की नबोलाउने र बोलाउने भए कहिले बोलाउने भन्ने बारेमा बुधबारको सचिवालय बैठक केन्द्रीत हुने एक सचिवालय सदस्यले बताए ।

पार्टीलाई जानकारी नै नदिई अध्यादेश जारी गरेको र प्रधानन्त्री ओली, सांसद्धय महेश बस्नेत तथा किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सांसद अपहरण काण्डमा संलग्न भएको आरोप लागेपछि पार्टीका शिर्ष नेताहरुको धेरै चरणमा छुट्टाछुट्टै भेला तथा छलफल गरेका थिए ।

अध्यादेश र सांसद अपरण काण्डपछि नेकपामा नेता तथा कार्यकर्ताहरु दुई ध्रुबमा बाँडिएका छन् भने नेताहरुको सक्रियता बढेको छ ।

कतिपय नेता तथा कार्यकर्ता र पार्टी बाहिरका व्यक्तिहरुले प्रधानमन्त्री ओलीलाई जिम्मेबारी मुक्त गर्नु पर्नेमा जोड दिँदै आएका छन् ।