न्युयोर्क सिटी, (एजेन्सी)
अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सिटी शहरमा कोरोना भाइरस महामारीबिरुद्ध अग्र मोर्चामा रहेर सेवामा समर्पित एक महिला डाक्टरले आत्महत्या गरेकी छन् ।
प्रहरीले म्याह्याटनस्थित न्युयोर्क प्रेस्विटरियन एल्लेन हस्पिटलको आपत्कालीन विभागका चिकित्सा निर्देशक डा. लोरना ब्रिनको आत्महत्याका कारण आइतबार निधन भएको जनाएको छ । उनका ४९ वर्षीय पिता डा. फिलिप ब्रिनले उनले आफ्नो कर्तव्य निभाउन चाहेको र त्यसैले उनको ज्यान लिएको न्युयोर्क टाइम्सलाई बताएका छन् ।
अमेरिकामा केभिड–१९ का कारण ५६ हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । न्युयोर्कमा यो संख्या १७ हजार ५ सय नाघिसकेको छ । डा. फिलिपले आफ्नी छोरीको कहिल्यै कुनै मानसिक समस्या नरहेको र उनको भर्जिनियाको चार्लोटेसभिल्लेमा मृत्यु भएको बताएका छन् ।
उनी त्यहाँ आफ्नो परिवारसँग बस्दै आएकी थिइन् । फिलिपले अगडि बताएका छन्– ‘कोरोना भाइरसपीडित बिरामीको सेवा गर्दागर्दै मेरी छोरी पनि संक्रमित हुन पुगिन् । करिब दश दिन लामो उपचारबाट ठीक भएपछि उनी पुनः काममा फर्केकी थिइन् ।
अस्पतालले उनलाई पुनः घर फर्काउन खोज्यो त्यसै सिलसिलामा परिवारले उनलाई चार्लोटेसभिलले ल्याएको हो । अन्तिमपटक मसँग टेलिफोनमा कुरा हुँदा उनी निकै हतास र निरास थिइन् । उनी बिरामीहरु एम्बुलेन्सबाट बाहिर ल्याउँदै गर्दा पनि भटाभट मरिरहेको सुनाउँदै थिइन् ।’











प्रतिक्रिया