कुकुर नकिन्न सल्लाह


लन्डन, (एजेन्सी)

अहिले एउटा कथन चलिरहेको छ ‘कुनै एउटा कुकुर जीवनको लागि हो, कोरोना भाइरसका लागि मात्र होइन ।’ यो महत्वपूर्ण सन्देश बेलायतको सबैभन्दा ठूलो कुकुर कल्याण संस्थामध्ये एक ‘दि केन्नल क्लब’बाट आएको हो ।

यस सन्देशले मानिसलाई कोेभिड–१९ फैलिरहेका बेला कुकुरको भविष्यबारे सोच्दै नसोची तिनीहरुलाई खरिद गर्ने उचित समय नभएको चेतावनी दिएको हो ।

यस संस्थाले कोरोनाको कारण सरकारले विभिन्न बन्देज घोषण गरेसँगै फेब्रुअरी र मार्च महिनाबीच आफ्नो वेवसाइटमा छाउरा खोज्नेको संख्या दोब्बर भएको जनाएको छ ।

ब्याटेर्सी डग्स होम र आरएसपीसीएजस्ता च्यारिटीहरुले पनि अहिलेको परिस्थितिमा नयाँ कुकुर किन्न हतार नगर्न आफ्ना ग्राहकलाई अनुरोध गरेका छन् ।