ब्याजदर स्थिर राख्न राष्ट्र बैंकको निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना र लकडाउनका कारण समस्यामँ परेका ऋणीलाई राहत दिँदै न्ेप्ँल् राष्ट्र बैंकले ब्याजदर स्थिर राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

मंगलबार सर्कुलर जारी गर्दै राष्ट्र बैंकले कर्जाको ब्याजदर तोकेर प्रकाशित गर्नुपर्ने र उक्त प्रकाशित ब्याजदर ६ महिना बढाउन नपाइने व्यवस्था गरेको हो । तर, कुनै बैंकले ६ महिनाअघि नै प्रकाशित ब्याजदर र प्रिमियम घटाउन भने सक्नेछन् ।

राष्ट्र बैंकले कर्जाको प्रकृतिअनुसार परिवर्तन नहुने गरी निश्चित समय र ब्याजदर निर्धारण गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार बैंकहरूले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियमदर तय गर्नुपर्नेछ ।

तय गरिएको प्रिमियमदर र ब्याजदर बैंकहरूले त्रैमासिक रुपमा प्रकाशन गर्नुपर्नेछ । यसरी ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा निश्चित प्रकारको आवधिक कर्जाका लागि तोकिएको अवधिभर ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गरी सो समेत प्रकाशन गर्नुपर्नेछ ।

बैंकहरूले ब्याजदर प्रकाशन गर्दा कर्जाको शीर्षक अनुसार प्रिमियमदर तोक्नुपर्नेछ । यदि बैंकहरूले प्रिमियमदर बढाउनु परेमा अर्धवार्षिक रुपमा मात्र परिवर्तन गर्न पाउनेछन् । तोकिएको समयअघि पनि ब्याजदर घटाउन भने पाउने छन् ।